रोजगार

युवा स्वरोजगार कोषबाट अब ५ लाख ऋण पाइने

युवा स्वरोजगार कोषबाट अब ५ लाख ऋण पाइने

पुस ७ । बेरोजगार युवाले सरकारबाट विनाधितो ५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यसअघि २ लाख रुपैयाँ ऋण पाउने व्यवस्था भएकोमा अब त्यसलाई ५ लाख बनाइएको हो ।

कोष सञ्चालनसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि बेरोजगारले विनाधितो ५ लाख ऋण पाउनेछन् । २४ मंसिरको कोष सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था र सहकारी संस्थामार्फत प्रदान गर्दै आएको विनाधितो ऋणको सीमा पनि ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पुर्‍याएको छ ।

‘युवालाई कोषले सीधै प्रदान गर्ने रकम तथा बैंक तथा वित्तीय संस्था तथा सहकारीबाट उपलब्ध गराइने ऋणको सीमा रकम बढाइएको छ,’ कोषका उपाध्यक्ष डा. प्रेम दंगालले नयाँ पत्रिकासँग भने । ०६५ सालमा कोषको स्थापना गरिएको थियो । कोष स्थापना भएको १० वर्षसम्म पनि प्रभावकारी बन्न नसकेपछि कोषले नयाँ रणनीति बनाएको हो ।

Rojgar Kosh

विशेष