संविधान संशोधन प्रस्ताव फिर्ता लिन आग्रह
पुस–७ । सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर राजनीतिक सहमतिका आधारमा अगाडि बढ्न विभिन्न राजनीतिक दलका नेताले आग्रह गरेका छन् ।
सरकारले जनताको चाहना विपरीत संविधान संशोधन प्रस्ताव ल्याएर थप समस्या सिर्जना गरेको छ, रिपोटर्स क्लबद्वारा बिहिबार आयोजित साक्षात्कारमा नेकपा माओवादी केन्द्रका नेता तथा संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रस्ताव फिर्ता लिएर समहतिका आधारमा अगाडि बढ्न सरकारलाई आग्रह गरे ।
उनले संविधान संशोधनको माग भए पनि ५ नम्बर प्रदेशलाई हेरफेर गर्नेबारे कहीँकतैबाट माग नहुँदासमेत हेरफेर गरिएकोमा आपत्ति जनाए ।
नेकपा एमालेका सचिव भीम आचार्यले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव जनताका लागिभन्दा पनि व्यक्तिगत र पार्टीगत स्वार्थका लागि ल्याएको भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयन र स्थानीय निकायको निर्वाचन हुन नदिने नियतका साथ सरकारले संविधान संशोधन प्रस्ताव ल्याइएको उनले बताए । रासस
संविधान संशोधन प्रस्ताव