विचित्र विश्व

दारिवाली महिला !

दारिवाली महिला !

बेलायतमा बस्ने हरनाम कौरको नाम ‘दारिवाली’ सबैभन्दा कम उमेरकी महिलाको रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा सामेल भएको छ । हरनाम कौर १६ वर्षको हुँदा नै उनमा पोलिसिस्टिक सिन्ड्रोम भएका कारण अत्तिरिक्त कपाल आउने क्रम सुरु भएको थियो ।

शरीर र अनुहारमा समेत रौंहरु आउन थालेपछि विद्यालयमा समेत दुव्र्यवहारको शिकार हुने गरेकी थिइन् । सोही कारण कतिपय समयमा परेशानी खेप्नुपर्दा आत्महत्या गर्नेसम्मको सोच बनाएकी थिइन् ।

अहिले उनी संसारमा नै ‘बडी पोजिटिभिटि’ अर्थात शरीरलाई लिएर सकारात्मकताको सन्देब फैलाइरहेकी छन् । पछिल्ला केही वर्षदेखि उनले अनुहानमा आएको दाह्री हटाएकी छैनन् । उनले १६ वर्षको उमेरमा नै सामाजिक बन्धनलाई तोडेर दाह्री पाल्ने निर्णय गरेकी थिइन् । जुन काम धेरै कठिन थियो ।

उनले भनेकी छन्, ‘दाह्रीका साथ स्कुल गएको अनुभव धेरै दुःखद थियो । तर मलाई थाहा छ कि जिन्दगीमा केही गर्नका लागि र खुसी हुनका लागि बलियो हुन पनि जरुरी हुन्छ । कठिन त धेरै हुन्छ तर आफ्नो विचारबाट अघि बढिरहनु पर्दछ ।’ पुरुषको पुरुषत्वको पहिचान दिने दाह्रीलाई महिलाको पहिचान दिँदा धेरै खुसी रहेको उनको भनाइ छ ।

Dariwali Mahila

विशेष