विचित्र विश्व

गरिबको दारुणीक कथा, श्रीमानको शव रेलमा छाड्नु पर्यो

गरिबको दारुणीक कथा, श्रीमानको शव रेलमा छाड्नु पर्यो

भारतको ओडिशाकी एक महिलाले पैसाका कारण श्रीमानको शव रेलमा नै छोडेर अगाडिको बाटो तय गर्नुपर्ने बाध्यात्मक स्थितीको सामना गर्नुपर्यो ।

सरोजिनी आफ्ना बिरामी श्रीमानसँगै आन्ध्र प्रदेशको ओडिशाको रायपुरबाट फर्किरहेकी थिइन् । बाटोमा नै उनको श्रीमानको स्थिती झनै बिग्रियो र उनको मृत्यु भयो ।

आँखाभरी आँसु र रुञ्चे स्वरमा सरोजिनीले त्यो बाध्यात्मक स्थितीलाई स्मरण गर्दै भनिन, ‘एकदमै नौलो ठाउँ र म अपनढ महिला । त्यसमाथि तीन साना बच्चाहरु । खानको लागि पनि पैसा थिएनँ । म कहाँ जानु ? म गर्नु ? कोसँग मद्दत माग्नु । मुटुमाथि ढुङ्गा राखेर मैले श्रीमानको शवलाई रेलमा नै छोडेर बच्चासँग रायपुर जाने गाडीमा बस्नुपर्यो ।’

अहिले जुगलका दाइ नील र उनका आफन्तले रायपुर गएर सरोजिनी र उनका बच्चाहरुलाई गाउँ फिर्ता लगिएको छ । पछि महाराष्ट्रका रेलवे पुलिस सुपरिटेन्डेन्ट शैलेष बलकावडेले नागपुरमा स्थानीय पत्रकार संजय तिवारीलाई आन्ध्र प्रदेशबाट आएको एक रेलमा शव भेटेको जानकारी दिएका थिए ।

Garibi

विशेष