राजनीति

काठमाडौं विश्वविद्यालयको स्ववियु निर्वाचनमा हुलदंगा, स्थिति तनावग्रस्त, मतदान अन्यौलमा

काठमाडौं विश्वविद्यालयको स्ववियु निर्वाचनमा हुलदंगा, स्थिति तनावग्रस्त, मतदान अन्यौलमा

पुस ८ । स्ववियु निर्वाचन भइरहँदा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालययमा असन्तुष्ट विद्यार्थीहरुको समूहले ढुंगामुडा गरेको छ । ढुंगामुढापछि स्थिति तनावग्रस्त हुँदा अहिले मतदान रोकिएको छ ।

असन्तुष्ट समूहका विद्यार्थीहरुले विश्वविद्यालयको गेट हुँदै अगाडि बढेर सिबी रमन हलमा तोडफोड गरेका छन् । मतदानमा खटिएका एक कर्मचारीले भने, ‘मतदान ठीक ढंगले सञ्चालन भइरहेको थियो । एक्कासी बाहिर ढंगामुढा शुरु भएछ । अहिले स्थिति तनावग्रस्त छ ।’ घटनामा कुनै मानवीय क्षति भएको खबर भने छ्रैन ।

काठमाडौं विश्वविद्यालयमा करिब ५ हजार मतदाता छन् । मतदान लगत्तै स्थिति तनावग्रस्त भएपछि चुनावी प्रक्रिया अघि बढ्ने वा रोकिने निक्र्यौैल भइसकेको छैन ।

विशेष