राजनीति

आफूलाई कालोमोसो दल्नेलाई रिहा गर्न लोकमानले सुरक्षाकर्मीलाई गरे यस्तो आग्रह

आफूलाई  कालोमोसो दल्नेलाई रिहा गर्न लोकमानले सुरक्षाकर्मीलाई गरे यस्तो आग्रह

पुस ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह गरेका छन् । कार्कीले सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको भने सराहना गरेका छन् ।

कार्कीले आफूमाथि दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको भन्दै उनीहरुलाई कारबाही नगरी रिहा गरिदिन प्रहरीलाई आग्रह गरेका हुन् ।

आज विज्ञप्ति जारी गरी कार्कीले आफूलाई कालोमोसो दल्ने ती युवा कसैका गोटीमात्रै भएको र आफूलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्रै बुझेको उल्लेख गरेका छन् ।

‘हिरासतमा लिइएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटीमात्र हुन् र मलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यन्वयन गर्ने कारिन्दाका रुपमा मात्रै मैले उनीहरुलाई बुझेको छु,’ कार्कीले उल्लेख गरेका छन्। उनले वास्तविक अपराधी पर्दा पछाडि भएको पनि बताएका छन् ।

‘केही महिनायता आफ्नाविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदिएकाले पक्राउ परेका ती अबोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्दछु,’कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

lokman

विशेष