राजनीति

पारदर्शी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

पारदर्शी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन
पुस - ९। प्रधानमन्त्री पुष्पकमल दाहालले छिटोछरितो, पारदर्शी तथा सुशासन कायम गर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय दाङमा सरकारी कार्यालयका कार्यालय प्रमुखलाई निर्देशन दिदैं उनले विकास निर्माणका कामलाई योजना बनाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री दाहालले नेपाली जनताले राष्ट्र सेवक कर्मचारीवाट राम्रो कामको अपेक्षा चाहेका छन् भन्दै तपाईहरुको राम्रो कामले मात्र जनताले परिर्वतनको महसुस गर्ने बताए । आफू दोस्रोपटक प्रधानमन्त्रीको पद्भार ग्रहण गरेलगत्तै देशभरी विकासका आयोजनाको अवस्था के कस्तो छ भनि मेरै नेतृत्वमा विकास समाधान समितिको बैठक राखेर सबै मन्त्रालयका मन्त्री र सचिवबाट विकास योजनाको अवस्थाका बारेमा रिपोटिङ लिएको तर उनीहरुबाट प्राप्त रिपोर्ट उत्साहजनक नदेखिएपछि अहिले आफैँ राष्ट्रिय महत्वका योजनालगायत अन्य ठूला विकास आयोजनाको काम समयमा भए नभएको हेर्न स्थलगत रुपमै जाने गरेको उनले बताए । सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणलगायत समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ रासस

विशेष