टोपबहादुरले दिए प्रचण्ड र मधेसी मोर्चाको होस उड्ने अभिव्यक्ति
पुस १० । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझिले सनसनीपूर्ण अन्तर्वार्ता दिएका छन् । नागरिक दैनिकमा प्रकाशित अन्तर्वार्तामा उनले यस्ता धारणा राखेका छन्ः – संविधान संशोधन प्रस्ताव सरकारको एजेन्डा हो पार्टीको होइन । – माओवादी भनेको प्रचण्ड होइन, उहाँ अध्यक्ष मात्रै हो । – पहाडलाई तराइबाट छुट्टयाउने सैद्धान्तिक मान्यताबाट उक्त प्रस्ताव आएको छ । तर पहाडबाट तराई छुट्टयाउने आधार संघीयताको होइन थिएन पनि । – जनताको आवाज र मनलाई त्यहाँको जनप्रतिनिधि भएको हिसाबले नेतृत्व गरेको हुँ, यसमा मलाई गर्व छ । – २ नम्बर प्रदेशलाई पनि पहाडसँग मिलाउनु पर्छ अनिमात्रै त्यो प्रदेश बलियो हुन्छ । – कसले भन्न सक्छ कि त्यहाँ वितण्डा भयो ? देखाउनु पर्यो नि यसै भनिदिने ? – हाम्रो पार्टीभित्र पनि करिब करिब ९५ प्रतिशतभन्दा बढी नेता ५ नम्बर प्रदेश छुट्टयाउनु हुन्न पक्षमा छन् । – ९० प्रतिशतले छुट्टयाउनु पर्छ भनेमा म पनि साथ दिन्छु, तर १० प्रतिशतले माग्यो भन्दैमा ९० प्रतिशतको अपमान गरेर जान सक्दिनँ । – मैले पटक पटक भेटेर यो प्रस्ताव फिर्ता लिनुहोस भनेको छु प्रधानमन्त्रीलाई । – त्यो आन्दोलन एमालेले चलाएको होइन, हामीले चलाएका हौं ।