राजनीति

मुलुकलाई हिन्दूराष्ट्र घोषणा गरेरै छाड्ने कमल थापाको उद्घोष

मुलुकलाई हिन्दूराष्ट्र घोषणा गरेरै छाड्ने कमल थापाको उद्घोष
पुस १० । राप्रपा अध्यक्ष कमल थापाले देश टुक्र्याउने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध ज्यानको आहुति दिन पनि आफूहरु तयार रहेको बताएका छन् ।  अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गरेका छन् । विखण्डनकारीहरुबाट देश टुक्राउने डरलाग्दो खतरा बढेको बताउदै राप्रपा अध्यक्ष थापाले देश विद्यमान अवस्थामा भुसको आगो माथी उभिएको टिप्पणी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको बिर्तामोडमा आयोजना गरेको वृहत हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण राख्नु दुइ पार्टी एक भएको उल्लेख गरे । ठुला दलले नेपाली जनताको अभिमत बिनै धर्म निरपेक्षता जबरजस्ती लादिएको प्रसंग उल्लेख गर्दै हिन्दु राष्ट्र पुनस्थापना गर्ने भन्दै पार्टी एकीकरण भएको बताए । उनले देशमा हिन्दु राष्ट्र कायम गरेरै छाड्ने बताए । मुलुक संवैधानिक संकटतर्फ धकेलिने खतरा बढ्नै बताउदै अध्यक्ष थापाले आत्मसमर्पणवादी प्रवृती हावी भएको उल्लेख गरे ।

kamal Thapa

विशेष