राजनीति

थरुहट तराई पार्टी फुट्यो

थरुहट तराई पार्टी फुट्यो

पुस १० । व्यवस्थापिका संसदमा दुई सांसद रहेको थरुहट तराई पार्टी नेपाल विभाजित भएको छ । पार्टी उपाध्यक्ष तथा सांसद गंगा चौधरी (सत्गौंवा) ले नयाँ पार्टी गठन गरेपछि थरुहट तराई पार्टी औपचारिक रुपमा विभाजित भएको हो । चौधरीले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेकी छन् ।

उता थरुहट पार्टीका अध्यक्ष भानुराम चौधरीले भने सांसद गंगा चौधरीलाई पार्टीबाट निश्काशित गरेको जनाएका छन् । पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित काम गरेको, थरुहट आन्दोलन, शहीदहरुको बलिदानीको अपमान र आन्दोलनको क्रममा उठाईएका माग मुद्दालाई लत्याउँदै पार्टीलाई धोखा दिएकाले साधारण सदस्य समेत नरहने गरी उनलाई निश्काशित गरिएको अध्यक्ष चौधरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Ganga Chaudhary

विशेष