विचित्र विश्व

लण्डनको व्यस्त सडकमा महिला नाङ्गै सुतेपछि...

लण्डनको व्यस्त सडकमा महिला नाङ्गै सुतेपछि...

 बेलायतको लिभरपुलको मध्य सडकमा एक महिला निर्वस्त्र सुतेको देखेपछि सबैको ध्यान ती महिलाप्रति केन्द्रित भयो । ती महिला नग्न मात्र थिएनन, छेउछाउमा केही तरकारीहरु पनि राखिएका थिए ।

सुरुमा त बटुवाहरुले उनलाई नांगै देखेपछि सडक दुर्घटनामा परेको आशंका गर्दै सहयोगका लागि पनि अघि सरेका थिए । तर, छेउछाउमा तरकारी देखेपछि बटुवाहरु हच्के ।

भएको के रहेछ भने ती महिला शाकाहारी रहिछन् । उनी जनावर अधिकारको पक्षमा काम गर्ने संस्था पेटामा आबद्ध रहिछन् । पेटाले मानिसहरुलाई मांसाहारी भोजन त्यागेर शाकाहारी बन्न आग्रह गर्दै आएको छ ।

बढ्दो मांसाहारीपन देखेर ती महिला पनि वाक्क थिइन् । उनले त्यहाँ शाकाहारी बन्नका लागि आग्रह गर्दै केही सन्देश पनि लेखेकी थिइन् । त्यसमा मानिसहरुलाई मासुको साटो सागपात खान अपिल गरिएको थियो । साथै मानिसहरुलाई क्रिसमसमा मासु नखान अपिल गरिएको थियो ।

Britain

विशेष