राजनीति

तत्काल तिनै तहको निर्वाचन मिति घोषणा गर्न नेपाली कांग्रेसको माग

तत्काल तिनै तहको निर्वाचन मिति घोषणा गर्न नेपाली कांग्रेसको माग

पुस ११ । नेपाली कांग्रेसले तत्काल तीनै तहको निर्वाचन घोषणा गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्ने निर्णय गरेको हो ।

बैठकले प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि अबरुद्ध गरिरहेको संसद् खुलाउने पहल गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचनका लागि आवश्यक कानुन तत्काल संसद्बाट पास गराउन पनि आग्रह गर्ने निर्णय समेत गरेको छ ।

Congress Baihak Congress Meeting

विशेष