राजनीति

संविधान कार्यान्वयन नै प्रमुख आवश्यकताः प्रधानमन्त्री

संविधान कार्यान्वयन नै प्रमुख आवश्यकताः प्रधानमन्त्री
पुस–११ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मुलुकलाई एकताबद्ध गर्दै संविधान कार्यान्वयनको चुनौतीको सामना गर्दै अगाडि बढ्नु साेमबारको प्रमुख आवश्यकता भएको बताएका छन् । एकसय चौबिसौँ माओ दिवसका अवसरमा साेमबार एक शुभकामना सन्देश दिनुहुँदै नयले प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गरेका छन् । अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, सङ्घर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊँ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्धको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको ढाँचा र सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त आदि मार्क्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए ।’ चीनको हुनान प्रान्तको साओसानमा साेमबारकै दिन अर्थात् १९९३ डिसेम्बर २६ मा माओत्से तुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक थिए । उनी संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका स्रोत रहेको अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ । अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘माओ दिवसका अवसरमा संसारका क्रान्तिकारीलाई वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गम्भीर समीक्षा, मालेमाको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आह्वान गर्नु आफ्नो कर्तव्य ठान्दछौं ।’ रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान संशोधन

विशेष