राजनीति

सात दलको बैठक निष्कर्षविहीन, ‘प्याकेजमै डिल गरौँ’ – प्रधानमन्त्री

सात दलको बैठक निष्कर्षविहीन, ‘प्याकेजमै डिल गरौँ’ – प्रधानमन्त्री
पुस – ११ । प्रमुख सात दलहरुका शीर्ष नेताहरुबीच भएको बैठकमा निष्कर्ष ननिस्के पनि व्यवस्थापिका–संसद्को जारी अवरोध अन्त्य गर्ने वार्तालाई निरन्तरता दिने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न बसेको हो । सात दलको वैठकमा सदनको गतिरोध हटाउने विषयमा दलबीच सहमति नभए पनि औपचारिक अनौपचारिक वार्ता जारी राख्ने सहमति भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनलगायत अहिले उठिरहेका विषयलाई ‘प्याकेजमै डिल गरौँ’ भनी प्रस्ताव गरेका छन् । एमाले उपाध्यक्ष भीमबहादुर रावलले ‘संशोधन प्रस्तावले विवाद सिर्जना गरेकाले त्यसलाई स्थगन वा फिर्ता लिन आफूहरुले आग्रह गरेको बताए । काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वार्ता र छलफलका आधारमा सबै समस्या समाधान गर्न औपचारिक र अनौपचारिक छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । राप्रपाका सचेतक दिलनाथ गिरीले संसद्को अवरोध, आगामी २०७४ सालभित्र तीन तहका निर्वाचन गर्नेलगायत विषयमा दलबीच गम्भीर छलफल भएको जानकारी दिए ।

शीर्ष नेता

विशेष