राजनीति

देशमा अस्थिरता र अराजकता बढ्दै गएको छः अध्यक्ष थापा

देशमा अस्थिरता र अराजकता बढ्दै गएको छः अध्यक्ष थापा
पुस–११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश सङ्कटको चक्रव्यूहमा फसेको बताएका छन् । लायन्स फिटनेस क्लबको साेमबार भक्तपुर नगरपालिका लिबालीमा उद्घाटन गर्दै उनले भने – “परिवर्तनलाई संस्थागत गर्ने नाममा ठूला दलले गलत नीति लाद्ने काम गरेकाले देशमा अस्थिरता र अराजकता बढ्दै गएको हो ।” अध्यक्ष थापाले नेपाली जनताले ठूला तीन दलको विकल्प खोजेको अवस्थामा दुई राप्रपाबीच एकीकरण भएको चर्चा गर्दै राप्रपा जनताले रोजेको दल हुने दाबी गरे । भूमिसुधारमन्त्री विक्रम पाण्डेले मुलुकको विकास र समृद्धिका लागि नेपाली युवा वर्गलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए । राप्रपाका केन्द्रीय सदस्य दीनेश श्रेष्ठ, क्लबका अध्यक्ष राजेन्द्र लाखालगायतले युवा वर्गलाई समेटेर राप्रपा अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए । रासस

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी

विशेष