राजनीति

नाकाबन्दीको बेला मोर्चाका नेताले कालोबजारी गरी भाग लगाएर खाए : ओली

नाकाबन्दीको बेला मोर्चाका नेताले कालोबजारी गरी भाग लगाएर खाए : ओली

पुस १२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेशी मोर्चाले अरुले गरेको नाकाबन्दीको स्वामित्व आफूले भाग लगाएर कालोबजारी गरेकोे बताएका छन् ।

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित ’मधेसका मुद्दा : भ्रम र यथार्थ’ विषयक कार्यक्रममा अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । त्यस्तै ओलीले मारकाट व्यवसाय बन्द भएकाले मधेसी मोर्चा आफूप्रति आक्रोशित बनेको बताएका छन् ।

प्रधानमन्त्री हुनुअघि ४७ जनाको ज्यान गइसकेको भन्दै ओलीले प्रधामन्त्रीको नेतृत्व लिइसकेपछि मान्छे मारिने क्रम रोकिएको दाबी गरे । त्यस्तै उनले संविधान कुनै पनि हालतमा संशोधन नहुने समेत बताए ।

ओलीले संबिधान संशोधन नै गर्नुपरे २ नम्बर प्रदेशको सीमांकन परिमार्जन सहित गर्नुपर्ने धारणा पनि राखेका थिए । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतम, भीम रावल लगाएतका एमाले नेताको उपस्थिती रहेको थियो ।

KP Oli Kp oli in Dhumbarahi

विशेष