राजनीति

राजालाई पक्राउ गर्छौ भन्ने दलालहरुको गर्दन छिन्न सक्छ

राजालाई पक्राउ गर्छौ भन्ने दलालहरुको गर्दन छिन्न सक्छ

–अनिल बस्नेत, अध्यक्ष शिव सेना नेपाल

१७ हजार निर्दोश नेपाली जनताको ज्यान लिएर माओवादी भन्ने एक आपराधिक समूहले जनयुद्ध नामक सशस्त्र युद्ध चलायो । त्यो रक्तयुद्धले के दियो जनतालाई ? धेरै आमाहरुको कोख रित्तियो, कैयन दिदीबहिनीहरुको सिउँदो पुछियो । राजनीतिमा स्थापित हुन माओवादीले १७ हजारको बलि चढाए । कांग्रेस, एमाले, फोरमले पनि धेरैको ज्यान लिएरै राजनीतिमा स्थापित भएका हुन् ।

६२ / ६३ को जनआन्दोलनमा राजासँग के थिएन ? सेना, प्रहरी, सशस्त्र प्रहरी, राज्यको साधन स्रोत सबै राजाको हातमा थियो । राजाले चाहेको भए एक दुई हजार जनता मारेर आफ्नो सिंहासन जोगाउन सक्थे । तर उनले त्यसो गरेनन् । त्यति ठूलो आन्दोलनमा जति मानिसको मृत्यु भयो त्यसमा पनि राजाले शोक जनाए । त्यस्तो आन्दोलन तुरन्तै अन्त्य भएन भने विदेशी हस्तक्षेप बढ्छ भन्ने ठानेर आफ्नो राजगद्दिसमेत छाड्ने गरी देश राजनीतिक दलहरुलाई जिम्मा लगाए ।

देशको सार्वभौमिकता, स्वाधीनताका लागि राजगद्दि छाड्ने राजा ठीक कि १७ हजार नेपाली जनता मार्नेहरु ठीक ? १७ हजार जनताको बलि दिएर सत्तामा पुगेर मोजमस्ती गरेको मात्रै भए पनि ठीकै थियो । नेपाली जनताको रगत चुसेर उनीहरुलाई पुगेन । विदेशीको इशारा, विदेशीकै आदेश, विदेशीकै भात खाएर मोटाएका छन् । राष्ट्रघात भइरहेको राजाले मात्रै होइन जनताले पनि देखेका छन् । जब राजाले विज्ञप्ति जारी गरेर विदेशी हस्तक्षेप र राष्ट्रघातको कुरा गरे, नेपालमा विदेशी दलालहरु सर्लक्कै आवेशमा आए । तर राष्ट्रभक्त जनता, राष्ट्रभक्त नेता कसैले पनि राजाको भनाइ गलत भनेनन् । उनले बोल्न पाउनु पर्छ भने ।

माओवादीका एकजनाले पूर्वराजालाई पक्राउ गरेर कारबाही गर्नुपर्छ भने । पूर्वराजालाई पक्राउ गर्नले शुरुमा आफ्नो गर्दनको माया मारेर आउनु पर्छ ।

कानुन र संविधानले जे भनोस्, राजा नेपालमा छन् । राजसंस्था जनताको मनमा छ । राजसंस्था खारेज गरेर पनि केही राम्रो काम भएको भए जनता आवेशमा आउने थिएनन् । अब हेर्दै गर्नुहोला सन २०१८ सम्ममा नेपालमा राजसंस्था पुनस्र्थापना हुन्छ । घर–घरबाट नेपाली जनता निस्कनेछन् । आन्दोलन र निर्वाचन दुवै हिसाबले अब राजसंस्था फर्कीने छ ।

२४० वर्षसम्म नेपालमा राजससंस्था रह्यो । कस्तै अप्ठ्यारो परिवेशमा पनि नेपालका राजाहरुले यो मुलुक अर्को मुलुकमा गाभिन दिएनन् । देश जोगाएकै हुन् । तर आज देशमा माओजयन्ती मनाइन्छ, पृथ्वीजयन्ती मनाइँदैन । देशलाई माया नगर्ने, राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहलाई अवमूल्यन गर्ने कम्युनिस्ट कसरी भए बुझ्न सकेको छैन ।

राजसंस्थासँग पशुपतिनाथ र हिन्दु राष्ट्र पनि जोडिन्छ । नेपाल हिन्दुहरुको तपोभूमि हो । करोडौ हिन्दुहरुको भावनामा कुल्चेर, विदेशीको पैसाको बलमा नेपालालाई धर्मनिरपेक्ष बनाइएको छ । यो खारेज हुनुपर्छ, हुन्छ ।

धर्मराष्ट हुन्नुपर्छ । करोडौ नेपालीले आस्था । पशुपतिनाथ र राजसंस्थामा गएर जोडिन्छ । नेपालका राजाहरु धर्मको रक्षमा सधै अब्बल दरिए । राजा ज्ञानेन्द्रले पनि धर्मको रक्षा गरे । यसकारण हामी उहाँलाई मान्छौं । जनआन्दोलन तत्काल अन्त्य नहुँदा देश र जनताको असुरक्षा हुन्थ्यो । मानिसहरु धेरै मारिन सक्थे । विदेशीले हस्तक्षेप गर्न सक्थे । त्यो अवस्थमा देश र जनताको रक्षा गर्नु नै एक राजाको कर्तब्य हुन्थ्यो । यदि गद्दि छाड्दा देश र जनताको रक्षा हुन्छ भने छाड्छु भनेर छाडेका हुन् । अब त्यो गद्दि उनलाई पुनः प्राप्त हुन्छ । किनभने उनले छाड्ने बेलामा पनि जनताको नासो दलहरुलाई जिम्मा लगाएको भनेका थिए ।

अब नेपालमा एक पटक फेरि संग्राम हुन्छ । त्यो संग्राम राष्ट्रघाती र राष्ट्रवादीबीच हुनेछ । यो राष्ट्रको पक्षमा रहेका जनताले विदेशी दलालहरुलाई समाप्त पार्नेछन् । राष्ट्रवादी शक्तिले राजालाई नारायणहिटीमा पुन प्रवेश गराउनेछन् । त्यो बेला मेचीदेखि महाकालीसम्म दीपावली मनाइनेछ ।

नपत्याए अहिले नै हेर्नुहोस् न प्रचण्ड र बाबुरामले बोल्दा जनताले के भन्छन्, राजाले बोल्दा जनताले के भने । यो विषयको गहिराई नाप्नु पर्छ । राजा भनेको राजा नै हो । राजा हुनलाई स्वतन्त्र सिंगो राष्ट्र हुनु पर्छ । तर नेपालका नेताहरु त कुनै देशको मुख्यमन्त्री हुन खोजिरहेका छन् । राष्ट्र समाप्त भए पनि यी दलालहरुको राजनीति समाप्त हुँदैन । तर राजालाई सधै सिंगो, स्वाधीन, स्वतन्त्र, सार्वभौमसम्पन्न राष्ट्र चाहिन्छ । त्यस्तो राष्ट्रका लागि सच्चा मनले लड्ने भनेको राजा मात्रै हो ।

(शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतसँगको कुराकनीमा आधारित)

विशेष