राजनीति

सरकारको पांच महिनाको उपलब्धि गुरिल्ला ट्रेल : आेली

सरकारको पांच महिनाको उपलब्धि गुरिल्ला ट्रेल : आेली

पुस १३ । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले सरकारको ५ महिनाको उपलब्धि गुरिल्ला ट्रेल भन्दै ओलीले उपद्रव मच्चाउन अब ४ महिना बाँकी रहेको बताएका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार भएको साक्षात्कारमा अध्यक्ष ओलीले विधेयक फिर्ता नभएसम्म संसद नखुल्ने पनि स्पष्ट पारे । प्रस्ताव फिर्ता नगरेर सरकारले नै संसद अवरोधका लागि वातावरण तयार गरेको उनको भनाई थियो । ओलीले संविधान संशोधन प्रस्ताव र निर्वाचन घोषणाबीच कुनै सम्बन्ध नभएकाले सरकारले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित हुने र संविधान संशोधन प्रस्ताव विफल हुने ठोकुवा गर्दै आफ्नो पार्टीले मुलुकलाई कुबाटोमा जान नदिई लोकतान्त्रिक बाटोमा अघि बढाउने जनाए ।

उक्त कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन प्रस्तावका कारण उत्पन्न गतिरोध तोड्न सरकार लचिलो हुनुपर्ने बताए ।

KP Oli

विशेष