सुजाताको घर बिक्रीमा, मूल्य १६ करोड, किन्ने कोही छ ?
पुस १३ । यदि तपाईसँग एकमुष्ट १६ करोड छ भने सोझै मण्डिखाटार पुग्नुस । ०४६ सालको परिवर्तनपछि सबभन्दा लामो समय देशको शासनसत्ता सम्हालेका नेताले अन्तिम रात बताएको घर जमिन सबै आफ्नो नाममा पार्न सक्नु हुन्छ ।
स्तनको उपचारका लागि नेपाल सरकारले ५० लाख रुपैयाँ निकास गरेपछि अत्यधिक आलोचित बनेकी थिइन्, कांग्रेस नेतृ सुजाता कोइराला । अहिले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गंगालास हस्पिटल जानुअघिका पल गुजारेको मखण्डीखाटारस्थित उनको घर–जग्गा बिक्रीमा छ । हिजोआज चाबहिल मालपोततिर लेखापढी गर्नेदेखि त्इस क्षेत्रमा केन्द्रीत भएर जग्गाको काम गर्ने दलालहरु आकर्षक कसिनको लोभमा सुजाताको घर जग्गा बेचाउने जोडतोडसँग लागि परेका छन् । तर त्यस्ता हिम्मतीला ग्रांहक अझै भेटिएका छैनन् । जसले एकैचोटि सुजातालाई १६ करोड बुझाउन सकून् । अलग अलग किन्न चाहनेका लागि पनि ढोका बन्द छ । सो जमिन प्रतिआना ३० लाख १८ हजारको दरले माग गरिएको छ । कुल जमिन ५३ आना छ । –जनआस्था साप्ताहिकबाट