स्थानीय निकायको निर्वाचन चैत अन्तिम साता हुने
पुस १३ । वैशाख अन्तिम साताको निम्ति तिथि तोकेर सम्भवतः यहि साता स्थानीय निकाय निर्वाचनको घोषणा हुँदैछ । झट्ट सुन्दा अहिलेकै अवस्थामा त्यो सम्भव जस्तो नदेखिए पनि यसका केही आधार भने तयार बनेको छ । मुलुकलाई हालको अवस्थाबाट कसरी अघि बढाउने भन्ने विकल्पको खोजीका क्रममा प्रमुख दलले चुनावालाई अघि सारेका हुन् । सत्ताधारी माओवादी र कांग्रेसले संविधान संशोधनमै जोड दिइरहेको सतहमा देखिन्छ भने प्रमुम विपक्षी एमालेचाहिँ कुनै हालतमा संशोधन प्रक्रिया अघि बढ्न नदिने मुडाममा छ ।
एक अर्कालाई आरोप प्रत्यारोप गर्दै सहतमा मुठभेडको तयारी गरेजस्तो देखिन्छ । तर बाहिर देखिने गरी मुलुकमा राजनीतिक गतिरोध कायम रहे पनि भित्रभित्रै वर्तमान समस्याको गाँठो फुकाउन तीन ठूला दलबीच घनीभूत संवाद शुरु भएको छ ।
सोमबारदेखि यस्तो भेटघाटले गति लिन थालेको हो । कहीँ एक्ला एक्लै त कहिँ समूहमा होटल र व्यक्तिका घर घरमा यसरी एक अर्र्कालाई मनाउने क्रम शुरु भएको छ । –जनआस्था साप्ताहिकबाट