राजनीति

स्वतन्त्र तिब्बत पक्षधरसँग नेपाली नेताको साँठगाँठ भएपछि रिसायो चीन

स्वतन्त्र तिब्बत पक्षधरसँग नेपाली नेताको साँठगाँठ भएपछि रिसायो चीन

पुस १३ । आफ्नो पार्टी प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिवालय सदस्य लिउ छिपावोको नेपाल भ्रमण सन्तोषजनक नभएको चीनको बुझाई छ । उनको भ्रमणलाई राष्ट्रपति सि जिनपिङको आगमनको तयारीका रुपमा हेरिएको थियो । तर नेपालका नेताले चिनियाँ चासो नबुझिकन दलाई लामाको पछि लाग्दा यतिबेला चीन नराम्ररी रिसाएको बताइन्छ ।

लिउ फर्किनासाथ सिचुवान प्रान्तका सचिव थाङ लियाङ नेपाल आएका थिए । उनी नेपालमै रहँदा एउटा पर्यटन कम्पनीले सिचुवानबाटै आफ्ना नागरिकलाई नजान उर्दी गर्यो । काठमाडौं महानगरपालिका र सिचुवान प्रान्तको सदरमुकाम चेङदुबीच भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर हुने अघिल्लो दिन गत बिहीबार चाइन इन्टरनेसनल ट्राभल्स सिआइटिएसले नेपाल भ्रमणका सबै कार्यक्रम रद्द गर्दै आफ्ना पर्यटकलाई नेपाल भ्रमण गर्न सुरक्षित नभएको सूचना निकालेको हो ।

चेङदु त्यस्तो सहर हो जहाँबाट ८० प्रतिशत पर्यटक नेपाल आउने गर्छन् । त्यहाँबाट एअर चाइन र सिचुवान एअरलाइन्सले ल्हासा हुँदै काठमाडौतर्फ उडान भरिरहेका छन् । उक्त कम्पनीमा चीनको अर्धलगानी छ । –जनआस्था साप्ताहिकबाट

विशेष