राजनीति

संसद्को गतिरोध अन्त्य गर्न सभामुख घर्तीको तीनदिने अल्टिमेटम

संसद्को गतिरोध अन्त्य गर्न सभामुख घर्तीको तीनदिने अल्टिमेटम
पुस - १४ । सभामुख ओनसरी घर्तीले तीन दिनभित्र संसदको गतिरोध अन्त्यको पहल गर्न दलहरुलाई अल्टिमेटम दिएकी छिन् । उनले अवरुद्ध संसद संचालन गर्ने सम्बन्धमा दलीय सहमति नजुटे प्रक्रियामा प्रवेश गरिने बताएकी हुन् बिहिबार रिपोर्टस क्लबको तर्फबाट ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले तीन दिन भित्र दलीय सहमति नजुटे व्यवस्थापिका संसदको बैठक बाटै निकास खोजिने बताइन् । संविधानको सफल कार्यान्वयनका लागि सदनको कारबाही नियमित चल्नुपर्ने भन्दै उनले लामो समयसम्म संसद अनिर्णयको बन्दी बन्न नसक्ने उल्लेख गरिन् । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै दलले तीन दिनभित्र निकास खोज्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उहाँले सहमति हुनेमा विश्वास व्यक्त गर्नुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि तीन दिनभित्र सहमतिका लागि अधिकतम प्रयास गर्ने विश्वास दिलाउनुभएको सभामुख घर्तीले जानकारी दिइन् । दलहरुबीच सहमती हुन नसकेपछि बिहीबारको संसद बैठक पनि स्थगित भएको छ । बैठक १८ गते सोमबार १ बजेका लागि बोलाइएको छ । सोमबार बस्ने बैठकका लागि सबै सांसद तथा दलका शीर्ष नेतालाई अनिवार्य उपस्थित हुन आग्रह गरिसकेको पनि सभामुख घर्तीले जानकारी दिइन् ।

ओनसरी घर्ती मगर पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष