विचित्र विश्व

चीनमा चर्चित बन्याे ट्रम्प जस्तो कुखुराको मूर्ति

चीनमा चर्चित बन्याे ट्रम्प जस्तो कुखुराको मूर्ति

पुस–१४ । चीनमा अहिले डोनाल्ड ट्रम्प जस्तै देखिने भाले कुखुराको मूर्ति निकै चर्चाको विषय बनेको छ । ट्रम्पको जस्तो कपाल र हातको इसारा भएको मूर्ति चीनको ताईयुआनको एक सपिङ मलमा राखिएको छ । उक्त मूर्ति मल खोलेकै कम्पनीले बनाएको हाे । उक्त कम्पनीको शुभकर वस्तु नै त्यही रहने कम्पनीले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई जनाइएको छ । ट्रम्पको नक्कलमा बनाइएको भाले कुखुरा बेग्लै देखिने र यसको कपाल ट्रम्पसँग मिल्ने हुँदा यसले ग्राहकलाई आकर्षित गर्नेमा एक व्यवसायी विश्वस्त छन् । अहिलेलाई ४ वटा स्टोरबाट ट्रम्प जस्तो देखिने कुखुराकाे मूर्ति बिक्रि भइरहेकाे छ । मूर्तिकाे मूल्य ५७ अमेरिकी डलरदेखि १,७३९ डलरसम्म पर्ने बताइन्छ । तर याे चर्चा चीनमा भने नौलो होइन । यस अघि पनि चीनमा कपालको रंग र ढाँचा उस्तै देखिने चरासँग ट्रम्पलाई राखिएको थियो । https://twitter.com/PDChina/status/798284106652119041/photo/1?ref_src=twsrc%5Etfw

डोनाल्ड ट्रम्प

विशेष