राजनीति

पुस २२ गते वृहत जनप्रदर्शन

पुस २२ गते वृहत जनप्रदर्शन
पुस – १४ । नेकपा एमालेले पुस २२ गते काठमाडौँमा वृहत जनप्रदर्शनको तयारी थालेको छ । महासचिव ईश्वर पोखरेलको उपस्थितिमा विहीबार पार्टी मुख्यालयमा बसेको पार्टीका मोर्चा संगठनको बैठकले २२ गते उपत्यकाका ३० ठाउँबाट जुलुस निकाल्ने निर्णय गरेको हो । बैठकले संविधान संशोधन प्रस्तावविरुद्ध ९ राजनीतिक दलहरूले आयोजना गर्ने संयुक्त विरोध प्रदर्शन र सभालाई भव्य एवं प्रभावकारी बनाउन भातृ संगठनलाई विभिन्न स्थानबाट जुलुस निकाल्ने जिम्मेवारी तोकेको छ । बैठकले जुलुस निकाल्न काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका नेताहरुलाई कमाण्डर पनि तोकेको छ । एमाले लगायत दलले संविधान संशोधन प्रस्तावको विरोधमा निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

नेकपा एमाले

विशेष