राजनीति समाज

पृथ्वी जयन्तीमा विदा दिन प्रचण्डले मानेनन्

पृथ्वी जयन्तीमा विदा दिन प्रचण्डले मानेनन्
पुस १५ । पृथ्वी नारायण शाहको जन्मजयन्ती २७ पुसका दिन सार्वजनिक बिदा दिने विषय मन्त्रीपरिषद बैठकमा उठेको छ । कानुन मन्त्री अजयशंकर नायकले पृथ्वी नारायण शाह राष्ट्रिय एकताको प्रतिक भएको र उनको योगदानलाई सम्झेर सार्वजनिक बिदा दिउँ भन्ने विषय बैठकमा उठेको बताए । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मन्त्रीपरिषद बैठकमा २७ पुस पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा घोषणा गर्न माग गरेका थिए । मन्त्री केसीले पृथ्वीनारायण साहले दिएको योगदान र भूमिकालाई बिर्सेर उनलाई अनादर गर्न नमिल्ने भन्दै २७ पुस मा सार्वजनिक दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री केसीको माग अस्वीकार गरेपछि सार्वजनिक बिदा दिने कुनै निर्णय भने हुन सकेन । प्रधानमन्त्री दाहालले मन्त्री केसीको मागप्रति केन्द्रित हुँदै तपाईको कुरो ठिकै भएपनि यो राजनीतिक विषय भएकाले विभिन्न स्टेक होल्डरसँग छलफल र राजनीतिक सहमति बिना सार्वजनिक बिदा दिने निर्णय गर्न नसकिने बताएका थिए ।

Prithivi Jayanti

विशेष