विचित्र विश्व

यस्ता पनि राष्ट्रपति जसले आफ्नै जनता मारेर माशु खान्थे

यस्ता पनि राष्ट्रपति जसले आफ्नै जनता मारेर माशु खान्थे

विश्वको इतिहासमा कैयौं क्रुर शासकहरुका बारेमा पढ्न पाइन्छ । ती मध्ये युगान्डाका पूर्व राष्ट्रपति इदि अमिन सायद विश्वका सबैभन्दा क्रूर शासक हुन् । भयंकर चरित्र भएका अमिनले मान्छे मारेर मासु खान्थे ।

उनको क्रुरताको कहानी साँच्चिकै डरलाग्ने खालको छ । झण्डै ८ वर्ष राष्ट्रपति बनेका तानाशाह अमीनले आफ्नो शासनकालमा ६ लाखभन्दा धेरै मानिसको ज्यान लिए । सुन्दरी युवतीहरुलाई उनले आफ्नो सिकार बनाउँथे । मानिसलाई मार्नका लागि हतियारको प्रयोग गर्दैनथे ।

कतिपयलाई जिउँदै जमिनमुनि गाडेर मार्थे र त्यतिगर्दा पनि बाँचेकाहरुलाई आफुले पालेको भोको गोहीलाई खुवाउँथे । उनी मान्छेको मासु खान निकै मन पराउँथे । उनको फ्रिजबाट मानिसका काटेका टाउकाहरु बरामद भएका थिए । साथै फ्रिजमा मानिसको जिउका अरु अंगहरु पनि फेला परेका थिए । उनलाई अफ्रिकाका बहुलाहा मान्छेको नामले पनि चिनिन्छ ।

सन् १९७९ मा तान्जानिया तथा अमीन विरोधी युगान्डाली सेनाले अमिनलाई अपदस्थ गरेपछि ती तानाशाहको शासनसत्ता समाप्त भयो । त्यसपछि उनी भागेर साउदी अरब आए । सन् २००३ मा उनको मृत्यु भयो ।

Idi Imin

विशेष