राजनीति

संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्छ: डा भट्टराई

संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्छ: डा भट्टराई
पुस - १५ । नयाँ शक्ति पार्टी नेपालले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने जनाएको छ । पार्टी संयोजक बाबुराम भट्टराइले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार हुनु अत्यावश्यक रहेको उल्लेख गरेका छन् । असहमतिमा रहेका पक्षलाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिदैं विज्ञप्तिमा भनिएको छ – असहमत र असन्तुष्ट भएर मात्रै हुँदैन, सबै पक्षलाई सम्बोधन गर्ने गरी निकासको बाटो पहिल्याउन आवश्यक छ । संयोजक भट्टराइले कसैको भ्रममा नपरी नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीव्र ध्रुविकृत हुनसमेत विज्ञप्तिमार्फत सवैलाई आग्रह गरे ।

नयाँ शक्ति पार्टी

विशेष