विचित्र विश्व

संसारकै सबैभन्दा वृद्ध भाले पाण्डाको मृत्यु

संसारकै सबैभन्दा वृद्ध भाले पाण्डाको मृत्यु

पुस – १५ । संसारकै सबैभन्दा वृद्ध भाले पाण्डाको ३१ सालको उमेरमा मृत्यु भएको छ । उक्त पाण्डालाई क्यान्सर भएको ६ महिना पहिलामात्र पत्ता लागेका थियो । यसको १३० किलोग्राम भन्दा वढी वंशज थिए । यसको जन्म चीनको सिजुआनमा भएको थियो । यसलाई चार महिनाको उमेरमा चिडियाखानामा ल्याइएको थियो । वन संरक्षण क्षेत्र र चिडियाखानामा पाइन दुनिया भरिका एक चौथाई पाण्डा यसैका बंशज हुन् । यसको नाम पनपन राखिएको थियो जसको अर्थ हुन्छ भरोसा । पन पनको मृत्यु बुधबार भएको हो । उसले हिड्डुल गर्न छोडिदिएको थियो भने खानपिन पनि बन्द गरेको थियो । संसारकै सबैभन्दा वृद्ध पोथी पाण्डा भने जिउँदै चीनमा रहेको छ । यसको उमेर ३७ साल हुन सक्ने अनुमान लगाइन्छ । यो भन्दा पहिला अक्टुबरमा जिया जिया नामको पोथी पाण्डाको ३८ वर्षको उमेरमा मृत्यु भएको थियो । जंगली पाण्डा भने औसतमा २० वर्षसम्म बाँच्न सक्छन् । चीनमा १ हजार ८ सय ६४ वयस्क पाण्डा रहेको अनुमान गरिन्छ ।

वृद्ध भाले पाण्डा

विशेष