राजनीति

खुकुरी प्रहार गर्नेलाई कारबाही माग

खुकुरी प्रहार गर्नेलाई कारबाही माग
पुस - १५ । युवा सङ्घ नेपालले सङ्घका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले शुक्रबार विज्ञप्ति निकाल्दै बुढाथोकीमाथि खुकुरी प्रहार गर्नेलाई कानुनी कठघरामा ल्याई तुरुन्तै कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा संविधान संशोधनविरुद्ध नेकपा (एमाले)को आन्दोलनबाट त्रसित भएकाहरुले आन्दोलन कमजोर बनाउन बुढाथोकीमा माथि आक्रमण गरेको आरोप लगाइएको छ । बिहीबार राती ९ बजे बाँकेको कोहलपुरमा बुढाथोकीलाई एक समूहले खुकुरी प्रहार गरेको र उहाँको हाल भारतको लखनउमा उपचार भइरहेको जनाइएको छ ।
सरकारी गाडीमा आगजनी दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सङ्घका कार्यकर्ताले शुक्रबार नयाँ बानेश्वरमा सरकारी गाडीमाथि तोडफोड गर्नाका साथै आगजनी गरेका छन् । उनीहरुले बा२झ १३९२ नंको सरकारी गाडी जलाएको महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की जानकारी दिए । यसैगरी बा२झ १०५५ नंको सरकारी गाडी तोडफोड गरिएको छ । उनले सरकारी गाडी जलाउनको खोजी भइरहेको बताए।

युवा सङ्घ नेपाल

विशेष