राजनीति

‘संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक’

‘संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक’
पुस–१५ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संविधानको दीर्घायु र सफल कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले शुक्रबार सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भने, “सरकारको प्राथमिकता सत्ता होइन, संविधानलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयन गर्नु हो ।” मधेसी, थारु, आदिवासी, जनजातिलगायतलाई अधिकार दिन संविधान संशोधन प्रस्ताव दर्ता गरिएको उनले स्पष्ट गरेका छन् । उनले भने, “एमालेले संसद् अवरुद्ध गर्नु दुर्भाग्यपूर्ण कुरा हो । एमाले रिङभन्दा बाहिर गएको छ । प्रतिपक्षलाई संशोधन प्रस्तावको छलफल रोक्ने कुनै अधिकार छैन । चित्त नबुझे, सहमत नभएमा विपक्षमा मतदान गर्ने छुट छ ।” उनले स्थानीय तहको निर्वाचन वैशाखभित्र गर्ने गरी गृहकार्य भइरहेको जानकारी पनि दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सन्तोषजनक काम नगर्दा त्यसका प्रमुखलाई सरकारले स्पष्टीकरण सोधेको बताउँदै उनले भने, “पैसाको अभाव छैन तर भूकम्पपीडितले पाएका छैनन् । धेरै भूकम्पपीडित अनुदान पाउनबाट छुटेका छन् ।” रासस

उपप्रधानमन्त्री विमलेन्द्र निधि संविधान संशोधन

विशेष