राजनीति

कार्यकर्ताको अराजक गतिविधि देखेर लजाए एमाले नेता, आगजनी गर्नेलाई पक्राउ गर्न माग

कार्यकर्ताको अराजक गतिविधि देखेर लजाए एमाले नेता, आगजनी गर्नेलाई पक्राउ गर्न माग

प्रमुख प्रतिपक्षको भुमिकामा पुगेसँगै आक्रामक बनेको नेकपा एमालेले पार्टीका घोषित नीति विपरितका गतिविधि गर्दै आएको छ । एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा बन्द हडताल र आगजनी गर्दै नगर्ने घोषणा गरेको थियो । तर, पछिल्लो समय एमालेले आफ्नो बलबुता बन्दमा प्रयोग गर्दै आएको छ । हुँदा हुँदा शुक्रबार एमालेका कार्यकर्ताले काठमाडौंमै सरकारी गाडी जलाए । दिनदहाडै आन्दोलनको पूर्व घोषणा बिनै छापामार शैलीमा एमाले कार्यकर्ता आगजनीमा उत्रिएपछि चौतर्फी आलोचना भएको छ । एमालेका नेता एंव सांसद रविन्द्र अधिकारीले हिंसा र अराजकता पार्टीको नीति नभएको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् । उनले गाडी जसले जलाएपनि निन्दनीय भएको जनाएका छन् । उनले हदैसम्मको प्रशासनिक कारबाहीका लागि सरकारसँग माग गरेका छन् । पार्टीले गाडी जलाउनेहरुका बारेमा आवस्यक छानबिन गर्ने अधिकारीको भनाइ छ ।
https://twitter.com/RabindraADH/status/814804465077211136

Rabindra Adhikari

विशेष