भारतीय राजदूतको निर्देशनपछि मधेसी मोर्चा संविधान संशोधनमा सहमत
पुस १६ । संविधान संशोधनका पक्षमा दुईतिहाई पुग्ने भारतीय राजदूत रन्जित रेको अश्वासनपछि आन्दोलनरत संयुक्तल लोकतान्त्रिक मधेसी मोर्चाले सांकेतकि विरोधसँगै संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ । राजधानीमा बिहीबार शुरु भएको मोर्चाको बैठकअघि बिहान भारतीय राजूतावासमा राजदूत रेको मन्त्रणा लिइ फर्केका मोर्चाका शीर्ष नेताहरु यो निर्णयमा पुगेका हुन् । राजदूत रेले उनीहरुलाई आफू एमालेसँग अनौपचारिक सम्पर्कमा रहेको र एमालेले संशोधनको समर्थन नगर्ने पनि प्रस्तावका पक्षमा संसदमादुई तिहाइ पुग्ने दाबी गर्दै मतदानमार्फत सरकारलाई समर्थन गर्नसमेत आग्रह गरेको स्रोतले बतायो । अहिलेलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा भारत नभएको धारणासमेत रेले उनीहरुलाई बताएका थिए । –अन्नपूर्ण पोस्ट्बाट