राजनीति

'संशोधन प्रस्ताव फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने'

'संशोधन प्रस्ताव फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने'
पुस – १६ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारले पेलेर संविधान संशोधन प्रस्ताव अघि बढाए हातमा दही जमाएर नवस्ने चेतावनी दिएका छन् । काठमाडौँको नयाँ वानेश्वरस्थित प्रेस चौतारी नेपाल अनलाइन प्रतिष्ठानले कार्यक्रममा नेता भट्टराईले व्यवस्थापिका संसदमा टेबुल गरी संशोधन विधेयक अघि वढाए एमाले सहितका नौ दलले जस्ताको तस्तै प्रतिकार गर्ने चेतावनी दिएका हुन् । उनले संशोधन विधेयकबारे अदालनमा मुद्दा विचाराधिन रहिरहेको अवस्थामा सरकार अदालतको विरुद्धमा लागेको जिकिर गरे । उनले संविधानमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालीकाको अधिकार क्षेत्रवारे प्रष्ट ढंगले किटान गरेको हुँदाहुँदै पनि सरकारले त्यसको सन्तुलन विर्गान लागेको आरोप लगाए । फरक प्रशंगमा नेता भट्टराईले अगामी पुस २२ गते हुने प्रदर्शन पहिलो कदम भएको भन्दै उनले सरकारले संशोधन प्रस्ताव फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने जानकारी दिए ।

योगेश भट्टराई

विशेष