अन्तरवार्ता

राजेन्द्र महतो द्धारा पुन नाकाबन्दी गर्ने चेतावनी - भिडियाे सहित

राजेन्द्र महतो द्धारा पुन नाकाबन्दी गर्ने चेतावनी - भिडियाे सहित

लामाे समय देखी अान्दाेलनरत संघियगठबन्धनले  काठमाण्डौ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।हनुमानस्थानबाट आन्दोलनको अगुवार्इ गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग नेपालअाजका लागी सागर बुढाथोकीले गरेको कुराकानीको सम्पदित अंश ।

देशमा लोकतन्त्र आइसक्यो आन्दोलन भनेर के रमिता गरी रहनु भा नी ?

मूलुकमा शोषण, उत्पीणन र भेदभाव छ । मधेशी जनता प्रति भेदभाव दलित जातजातीप्रति भेदभाव मुस्लिम, थारुलाई भेदभाव भएको छ । सम्बिधानबाट विभेद अन्त्य हुन्छ भनियो । विगतका सबै आन्दोलनमा सम्झौता भए । अब बन्ने सम्बिधानमा यो सम्झौताहरुलाई बाइपास गरियो । यो आन्दोलन बाध्यता हो । सबै नागरिकले बराबर अधिकार सबैधानिक तरिकाले प्राप्त गर्नु पर्दछ भनेर नै यो आन्दोलन गरिएको हो ।

के माग पुरा हुने संभावना देख्नु भा छ त ?

संसारमा रहेका शासक वर्ग शोसक हुन्छन् । जनतालाई अधिकार दिन चाहाँदैनन् । तर संघर्षमा जनता कहिल्यै हार्दैनन् । जनताको पनि एकदिन आउँछ । अहिलेसम्म जनता पीडित हुन अव जनताले जित्छन् । सरकारले हामीलाई मिल्न दिएन तर यो पटक हामी शोषणमा परेका हिमाल, पहाड, तराईका सबै एक भएका छौँ । अव जनताको जित हुन्छ । सिंहदरवारबाट बराबरको अधिकार लिएर फिकिन्छौँ । बेला बेलाका आन्दोलनका नाममा जनताले खुब सास्ती पाइरहेका छन ? खासमा कस्ले र्हेने जनतालाई ? हामी अधिकारको लागि लड्ने हो । हामी जनताको दुःख बुझेर आन्दोलन गर्दैछौँ । सरकार संवेदनशील हुनु पर्ने हो । हाम्रो माग पुरा गरेन । जे जति हुन्छ सरकारले हेर्नु पर्दछ ।

कतै कैलाली जस्ता घटना त दोहोरिदैनन् ?

शान्तिपूर्ण आन्दोलनलाई आरजक कसले बनाएको हो ? हिंसात्मक कसले बनाएको हो ? आन्दोलनकारीले बनाएन राज्यले बनायो । गोली राज्यले ठोक्छ । अब राज्यले आन्दोलनकारी माथि गोलि ठोकेर हिंसात्मक बनाए त्यसको जिम्वारी सरकारले लिन पर्दछ । कैलालीको जिम्वारी पनि राज्यले लिनुपर्दछ र घटना घटाउनेको पहिचान गरी कार्वाहीको दायरामा ल्याउनु पर्दछ ।

पटक पटकको वार्तामा के कारणले निष्कर्ष निस्कन सकेन ?

यस्तो नालाएक र गैरजिम्वार सरकारले माग पुरा गर्न सक्दैन । यो सरकारको नै गडवढी हो । खोक्ला राष्ट्रवादी भएर मर्न चाहेको हो । नाका बन्दी सकिएको तीन चार महिना भइसक्यो ग्यास डिजेल पाइएको छैन । यो कस्को कमजोरी हो सरकारको हो कि मधेशी दलको । सरकार माग पुरा गर्न चाहदैन । के के वार्ता ? मधेशी जनता सडकमा आए माग पुरा भएन ।

भनेपछि यो आन्दोलन सरकार परिवर्तन गर्नको लागि होइन ?

यो आन्दोलन अधिकार प्राप्तिको लागि हो । तर हाम्रो अधिकार यो सरकारले पुरा गर्छ जस्तो लाग्दैन । यो सरकार जनता प्रति सम्बेदनशील नै छैन । यस्तो सम्बेदनहिन सरकार नेपालको इतिहासमा कहिल्यै पनि बनेको थिएन । 


आन्दोलनको स्वरुप किन परिवर्तन गर्नु भयो ?

मधेशी दलले चाह्यो भने के गर्न सक्दैन सबथोक गर्न सक्छ । हामी सरकार जस्तो संवेनहीन छैनौँ । त्यसैले हामीले आन्दोलनको स्वरुप परिवर्तन गरेको हो । हाम्रो आन्दोलनले जनता दुःख पाएर हामीले शासकलाई दुःख दिन सिंहदवार घेर्दै छौँ । हामी अव जिम्वार भयौँ सरकार भएन । तपाई लगायत अन्य आन्दोलनरत दलहरुको उद्देश्य एउटै हो वा सरकार ढाल्ने सहकार्य मात्र हो ? हाम्रो सबै दलको माग नै अधिकार प्राप्ति हो । त्यसैले लक्ष्य पनि एउटै हो । सरकार जुनसुकै होस् तर हाम्रो पुरा हुनुप¥यो ।

यो आन्दोलन केपी ओलीको विरुद्धमा भनिन्छ नी ?

यो हुँदै होइन तर एउटा हठवादी, नश्लवादी, खसवादी चिन्तनले देशलाई घाटा भएको छ । ओली मात्र होइन प्रचण्डको हटवादी चिन्तन अन्त्य नभइसम्म आन्दोलन भइरहन्छ । यसमा एमाले, माओवादी, कांग्रेस सबै जिम्मेवार छन् तर पहल गर्न काम सरकारको हो ।

अझै माग सुनुवाई नभए के गर्नुहुन्छ ?

शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ । अझै पनि सरकारले माग पुरा गरेन भने हामी पूनःनाकामा जान बाध्य हुन्छौँ ।

विशेष