बिमलेन्द्र निधिले दाह्री नकाट्नुको कारण रहिछन् श्रीमती अनामिका
काठमाडाैं । बिमलेन्द्र निधि सधैं दाह्रीमा देखिन्छन् । यिनले दाह्री नकाट्नुको मुख्य कारण रहेछ : श्रीमतीको रोक ।
श्रीमती अनामिका भन्छिन्,‘ उहांको दाह्ी एकदमै मन पर्छ । त्यही भएर त म उहांलाई दाह्री काट्नै दिन्न ।’
हुन त अनामिकासंग विहे हुनुपूर्व नै निधिको छोटोछोटो दाह्री पाल्दा रहेछन् । सायद, कहिलेकाहीं फालुं भन्ने लाग्दो हो । तर, अनमिकाले दाह्री काट्न रोक लगाउंछिन् ।
निधिसंगको पहिलो भेटमै अनामिकालाई निधिको दाह्री मन परेको रहेछ । फष्ट इमप्रेसन इज लाष्ट इम्प्रेसन भनेको त्यसै होइन रहेछ । अहिलेसम्म निधिको दाह्री अनामिकालाई उस्तै राम्रो लाग्दछ ।
निधिको ससुराली भारत हो । अनामिकाको दिदीको नेपालमा बिहे भएको थियो डाक्टर ध्रुब शर्मासंग । शर्मा जनकपुरमा डाक्टर थिए । दशैंको सन्र्दभ पारेर अनामिका जनकपुर आएकी थिइन भिनाजुको घरमा । संयोगले भिनाजुको घरमा आइपुगे निधि ।
कुर्ता–पाइजामा र हाफ फतुवा लगाएका र हल्का दाह्री पालेका निधि अनामिकालाई आर्कषक लाग्यो । त्यसमाथि निधिले गाएको गजलले मनै छोयो । मन साट्न नपाउंदै अनामिका भारत फर्कनुपर्यो ।
निधि राजनीतिमा सक्रिय थिए । बुबा महेन्द्रनारायण निधि त कांग्रेसको शीर्ष तहमा थिए । नेपालमा बहुदल आइसकेको थियो । संविधान निर्माणको प्रक्रिया शुरु हुंदै थियो । निधि संविधान निर्माणको अध्ययनका लागि अमेरिका हानिए । अमेरिकाबाटै निधिले भारतमा फोन डायल गरे ।
अनामिकालाई अमेरिकाको हाल खबर सुनाउंदै भदिदिए,‘अब नेपाल फर्केर तिमीलाई पनि नेपाली नागरिक बनाउने गरी संविधान बनाउने ।’
एमए पढ्दै गरेकी अनामिकाले कुरा बुझिहालिन् । संविधान नबन्दै अनामिकाको बिहे भयोः २०४८ साल असार ७ गते । कात्तिक २३ गते संविधान बन्यो । अनामिकालाईपनि अङ्गिकृत नागरिक बन्ने बाटो खुल्यो ।
अनामिकाकी दिदी दीपशिखा त सांसद नै छन् । बिमलेन्द्र निधि र अनामिकाको बिहे जनकपुरमा भएको हो ।
बिहेमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका शीर्ष नेता सहभागी थिए । कोइराला परिवारबाट कोही गएनन् । अहिलेपनि अनामिकालाई यो कुरा मनमा गढेको रहेछ । (निधि पत्नी अनामिकासंग नयांपत्रिकाले गरेको कुराकानीमा आधारित)