कला साहित्य साहित्य आज

'राई र लिम्बुका नाममा तालिवानी शैली'

'राई र लिम्बुका नाममा तालिवानी शैली'

बरिष्ठ पत्रकार टिकाराम राईले कलाकार सम्बृद्धि राईमाथि राई र लिम्बुसमुदायबाट गरिएको आलोचनालाई तालिवानी शैलीको संज्ञा दिएका छन् । कालकार राईले एक टेलिभिजन कार्यक्रममा बोल्दै राई र लिम्बुसंग विवाह गर्न आफुलाई मन नरहेको भन्दै एउटा हस्यौली प्रसंग सुनाएकी थिइन । सो कार्यक्रम प्रशारण भएपछि राईमाथि पहिचान बिरोधीका नाममा तथानाम गाली गर्न थालिएको छ । अमर्यादित शैलीमा आलोचना र गाली सामाजिक संजालमा पोष्ट हुन थालेपछि पत्रकार राईले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । पत्रकार राईले कलाकार राईलाई आफुले व्यक्तिगत रुपमा नचिनेको तर उनको अभिव्यक्ति बहशको विषय भएपनि गालीको विषय नभएको प्रष्ट गरेका छन् । उनले लेखेको स्टाटस यस्तो छ ।

को हुन समृद्धी राई, उनले के बोलेकी थिइन ? समृद्धी राई पहिले पत्रकार थिइन । हाल वृतचित्र निर्माणमा लागेकी छन् । उनले गाएको जातपात विरुद्धको एउटा गीत निकै प्रसिद्ध छ । उनले टिभी कार्यक्रममा बोलेको चर्चित अभिव्यक्ति यहाँ उपलब्ध छ ।

 
सम्बृद्धीको भावपूर्ण प्रष्टिकरण किरांत समुदायको आलोचनाको घानमा परेकी सम्बृद्धीले भावुक हुंदै सो अभिव्यक्तिका बारेमा प्रष्टिकरण दिएकी छन् । उनले आफ्नो अभिव्यक्तिले किरांत समुदायलाई चोट पुगेकोमा माफ मागेकी छन् । सुक्सुकाउंदै प्रष्टिकरण दिएको श्रव्यदृश्य सामाग्री उनले फेसबुक संजालमा पोष्ट गरेकी हुन् । उनले आफ्नो पारिवारिक प्रसंग सार्वजनिकरुपमा भन्दा समुदायलाई चोट पुगेको दुःख व्यक्त गरेकी हुन् । उनले आफुले जातका नाममा हुने विभेदको अन्त्यमात्र चाहेको जनाएकी छन् ।

rai limbu sambridhi rai tika ram rai

विशेष