पूर्व राष्ट्रपतिको बारेमा लिंगमा कविता लेख्दा ६ महिना जेल
एजेन्सी । एक व्यक्ति कविता लेखेकै आधारमा ६ महिना जेल गएका छन् ।
तर उनले कविता कापीमा लेखेका थिएनन् । सनकको भरमा देशका पूर्व राष्ट्रपतिको बारेमा आफ्नै लिंगमा कविता कोरेका थिए । उनले म्यानमारका पूर्व राष्ट्रपतिको बारेमा आफ्नो लिंगमामा कविता लेखेका थिए ।
माउंग सौगखा नामका २४ वर्षीय ती युवकले आफ्नो लिंगमा टाटु खोपाएर पूर्व राष्ट्रपति थेन सेनको बारेमा लेखेको भन्दै एउटा कविता सोसल मिडिया फेसबुकमा पोष्ट गरेका थिए ।
पूर्व राष्ट्रपतिको बारेमा लिंगमा कविता लेखेर फेसबुकमा पोष्ट गर्ने सौगखालाई पुलिसले पक्रेर मानहानीको मुद्धा चलाएको थियो । मानहानीको मुद्धामा उनलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । ती युवककी गर्लफ्रेण्डले भने फेसबुकमा पोष्ट गरिएको कविता काल्पनिक रहेको र सौगखाको लिंगमा कुनै टाटु नखोपिएको र कुनै कविता नलेखिएको दाबी गरेकी छिन् ।
पूर्व राष्ट्रपतिकोबारे कविता लेखेकै आधारमा ६ महिनाको जेल स्मरण रहोस् ५० वर्षको सैनिक सासनपछि म्यानमारमा गत नोभेम्बरमा भएको चुनावमा लोकतान्त्रिक दलले चुनाव जितेर अहिले लोकतान्त्रिक सरकार गठन भएको भएपनि त्यहाँ इन्टरनेटमा कडाइ गरिएको छ । गत वर्षमात्र फेसबुकमा पूर्व सेनाध्यक्षको मजाक उडाउने एक जनाले ६ महिना जेलको हावा खानु परेको थियो ।