विचित्र विश्व

खेलाडीहरूका लागी मात्रै ४ लाख ५० हजार कण्डम

खेलाडीहरूका लागी मात्रै  ४ लाख ५० हजार कण्डम
काठमाडौं,  आउँदो अगस्त ५ देखि २१ गतेसम्म ब्राजिलको रिओ द जेनेरोमा सञ्चालन हुने ओलम्पिकमा ४ लाख ५० हजार कण्डोम वितरण गरिने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ओआइसीले बताएको छ । ती कन्डम खेलाडी तथा आईसिसीका कर्मचारीलाई बाँडिने भएको हो । कन्डम रिओ ओलम्पिकमा वितरण गर्न लागिएको कण्डोमको संख्या लण्डन ओलम्पिकमा बाँडिएको भन्दा ३ गुणा बढी रहेको छ । यसभन्दा अगाडि पुरुष कण्डोममात्रै बाँडिने गरिएकोमा यस पटक १ लाख महिला कण्डोम पनि बाँडिने भएको छ । यसबाहेक १ लाख ७५ हजार लुब्रिकेन्ट पनि वितरण गरिने ओआइसीले जनाएको छ । कण्डोम वितरणले गर्दा ओलम्पिक खेलाडी तथा कर्मचारीलाई सुरक्षित यौन सम्पर्क गर्न प्रेरणा मिल्ने ओआइसीले बताएको छ । खेलाडीले आफू बस्ने ठाँउ वा भेन्डिङ मेशिनबाट निशुल्क कण्डोम लिन सक्ने पनि बताइएको छ । यति धेरै कण्डोम जिका भाइरसको महामारीका कारण वितरण गर्न लागिएको हो वा होइन भन्ने स्पष्ट भईसकेको छैन । तर जिका भाइरस लामखुट्टेका कारण हुने र यो यौन सम्पर्कबाट पनि सर्न सक्दछ ।

विशेष