विचित्र विश्व

बाबु छाेराकाे संसार भर भाइरल भएकाे तस्विर

बाबु छाेराकाे संसार भर भाइरल भएकाे तस्विर
यो तस्विर संसार भर भाइरल भएको छ । यो तस्विरमा जुम्ल्याहा शिशको बाबु र छोराले स्कीन टु स्कीन थेरापी गरिरहेको देखाइएको छ । [caption id="attachment_2470" align="aligncenter" width="623"]nino_birth File Photo/Skin to Skin Therapy[/caption] यो नांगो छातीमा टाँसेर गरिने थेरापी कंगारु स्याहार भनेर विश्व प्रसिद्ध छ । माथिको तस्विरमा डेनमार्कको एक परिवारको हो । यो तस्विरमा ठूलो छोराले आफ्नो बाबुले जस्तै नवजात शिशुलाई नांगो छातीमा टाँसेर उपचार गरिरहेका छन् । उक्त तस्विर साउथ अफ्रिकन संस्थाले जनहितको लागि पोस्ट गरेको थियो । यसको उपचार सिद्धान्त मानवको नांगो छातीले इन्कुबेटर (मेसिन)ले भन्दा राम्रो तापक्रम नियन्त्रण गर्न सक्दछ भन्ने हो । केही बच्चा समयभन्दा पहिला जन्म लिन्छन् । उनीहरुको तौल पनि कम हुन्छ । शारीरिक रुपमा कमजोर हुन्छन् । आफै तापक्रम नियन्त्रण गर्न पनि सक्दैनन् । त्यस्ता बच्चाको लागि मेसिनभन्दा राम्रो कंगारु स्याहार हुन सक्ने विज्ञहरु बताउँछन् । गर्भमा रहेको बेला शिशुले आफ्नो तापक्रम नियन्त्रण गर्नु पर्दैन । समय नपुगि जन्मेको नवजात शिशुले आफ्नो तापक्रम नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ । यस्तो थेरापीले शिशुलाई नयाँ वातावरण बनाउन मद्दत गर्दछ । [caption id="attachment_2471" align="aligncenter" width="792"]Mom_and_Premature_Baby_at_Kapiolani File Photo/Kangaroo therapy[/caption] कंगारु स्यहारले शिशुलाई तनाव र दुखाइलाई पनि कम गर्दछ । त्यस्तै निद्रामा पनि सुधार ल्याउँछ र मस्तिस्किमा अक्सिजन प¥याउछ । यस्तो थेरापीले शिशुको मस्तिस्क विकासमा सहयोग गर्दछ । शिशुलाई शारीरिक विकासको लागि धेरै उर्जाको आवश्यता पर्दछ । यसरी गरिने स्यहारमा बच्चाले आफ्नो तापक्रमको लागि उर्जा खर्च गर्नु पर्दैन । आफ्नो उर्जा स्वस्थ शारीरिक विकासको लागि प्रयोग गर्न सक्छ । एकजना महिलाको २८ हप्तामा शिशु जन्मेको थियो । उनले दुई महिनासम्म यस्तो थेरापी प्रयाग गरेर शिशुलाई जीवित राखिन । शिशुको तापक्रम एकनास हुन्छ । बच्चाले आमाको गतीमा स्वासप्रस्वास गर्दछ । बच्चालाई यसरी नांगो छातीमा टाँसेर राख्दा आमालाई पनि रमाइलो अनुमुती हुने उनले बताइन । शिशुलाई छातीमा टाँसिदा राम्रोसँग सास फेर्न पाउँछन् र तौल पनि राम्रो हुन्छ । मेसिनले गरिने उपचारले मनोवैज्ञानिक विकर्षण हुन जान्छ । कंगारु उपचार पद्धती भावनात्मक, मानसिक र शारीरिक रुपमा राम्रो मानिन्छ । यो पद्धतीलाई अहिले संसार भर मान्यता दिएको छैन तर पनि यस्तै प्रकारको कृतिम Incubator मेसिनमा राखेर उपचार गरिन्छ । [caption id="attachment_2472" align="alignleft" width="1500"]Model_77_Transport_Incubator_Mk3_-_1 File Photo/ Incubator Machine[/caption]

विशेष