विचित्र विश्व

रुसी महारानीको सेक्सको कारणले मृत्यु

रुसी महारानीको सेक्सको कारणले मृत्यु

एजेन्सी ।  इतिहास पल्टाएर हेर्दा कयौँ घटनाहरु छन् जसको कहानी अचम्म लाग्दो हुन्छ । कुनै घटना युद्धको हुन्छ कुनै राजपरिवारको भिन्न घटना जसले संसारलाई नै चकित बनाउन सक्छ । इतिहासमा एउटा यस्तो घटना छ, जुन कुरा सुन्दा विश्वास नलाग्न सक्ला ।

‘यस्तो पनि भएको होला त ?’ एक प्रशिद्ध महारानीको मृत्युको कारण हो, सेक्स त्यो पनि घोडासँग । रुसकी केथरिन दि ग्रेट द्वितीय सन् १७२९ देखि १७९६ सम्म महारानी भएकी थिइन । महारानी अत्याधिक यौन प्यासी भएको कारणले उनले आफ्नो यौन सन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् । उनको यौन प्यास आफ्नो पति पिटरबाट पुर्ण हुन्थेन । उनको खराब सम्बन्धका कारण उनी पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।

‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको छ । ८ वर्षसम्म पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले सेनापतिसँग सेक्स गरेकी थिइन् । सेनापतिबाट भने उनलाई सन्तान सुख प्राप्त भएको थियो । समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्थिन् । आफ्ना नोकरहरुसँग सेक्स गर्थिन् र रातमा व्याचलर पार्टी गर्न रुचाउँथिइन् ।

यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् । उक्त सैलुनमा विभिन्न आसनमा सेक्स गरेको सामानहरु राखिएको थियो । तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठुलो खुलासा भएको थिएन । केही मानिसहरुले उनको मृत्यु भएको बताइएको थियो । तर, केही इतिहासकारका अनुसार केथरिनको मृत्यु तबेलामा रहेको घोडासँग सेक्स गर्ने क्रममा मृत्यु भएको बताउँछन् ।

रुसकी महारानी केथरिन दि ग्रेट द्वितीयको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चीत मानिन्छिन् । रुसको एउटा म्युजियममा राखिएको उनको सैलुनमा रहेको सामानहरुले पनि यस कुराको पुष्टि गर्छ ।

विशेष