जब गाँउदै नगाँउने अम्बरले गाए अलिकति
अन्तराष्ट्रिय संगीत दिबश २१ जुन शनिबार का उपलक्ष्यमा खुलामन्चमा पश्चिमा र्याप र पप संगितको चर्को हल्ला खल्ला गुन्जीयो अघील्लो साँझ काठमाडाैँकै एउटा कुनामा संगीत प्रेमीहरुसंग बसेर अम्बर गुरुङ हार्मोनियमा रोइरहेका थिए । फ्रान्सेली साँस्कृती केन्द्रको उपल्लो कोठामा उपस्थीत श्रोताहरुले शुरुमै नौ लाख तारा उदाए गितको फर्माइस गरे पनि उनि निस्ठुरी भैदीए गएनन । कारण अन्त्यमा खुल्यो तिस बर्ष अघी साँगीतिक यात्राको थालनी गर्दाको पहिलो त्यो गित गाएर उनि रुनु थियो । ती दिनहरुको स्मृती उनको गहमा भरीसकेको थियो ।
नौलाख तारा उदाए धर्तीको जुन हाँसे छ गुराँस फुल्यो पहाडमा मनको फुल झरेछ ।
दार्जीलिगमा त्तीखेर जातीय आन्दोलन चर्कीरहेको थियो । अगमसिंह गिरीले सुगौली सन्धीले बिछोडाएका मेची पारीका नौलाख नेपालीको विरहका गितहरु लेखीरहेका थिए । ती गीतहरुले भाबविहवल भएका तन्नेरी अम्बर स्टेजहरुमा नेपाली दुखका गीतहरु गाइरहेका थिए । कालीम्पोगमा एकपल्टस्टेजमा त्यो गीत गाइरहँदा एकजना नेपालीले भने ओहो यो गीत त सारा नेपालीले सुन्नुपर्छ म रेकड गरीदिन्छु अम्बरले भाबुकतावश दिनहरु सम्झर्दै भने मैले कहिल्यै मेरा गित रेकड हुन्छन भन्ने कल्पना पनि गरेको थिइन । र ती मान्छेले त्यसो नभनेको भए तपाँइहरुले अहिले सुन्न पाउनु हुन थिएन ।
सन १९६१ मा उनले त्यो गीत रेकर्ड गराए तर केही समयपछि नै अल इण्डीया रेडीयोले च्यसमाथी प्रतीबन्ध लगायो । उनका गीत सुनेर राजा महेन्द्रले उनलाई नेपाल भित्रयाए त्यसपछिको कथा लामो इतिहाँस बनिसकेको छ ।नेपाल आउनु अघि नै पनि नेपाली साहीत्यका हस्तीहरु भुपी शेरचन शंकर लामीछाने र उत्तम कुँवरसंग उनको उनकै शब्दमा प्रगाढ मित्रता थियो । त्यही आत्मीएता र अन्तरंगको रहश्य हुनसक्छ शंकरले लेखेका थिए अम्बर सबभन्दा बढी साँगीतीज्ञ हो त्यसपछी चित्रकार त्यसपछि कवि र त्यस पछि गायक । उसका रचनामा पनि यहि मयार्दा क्रम हुन्छ । नेपाली संगीतलाई आधुनीक पुट दिने अम्बरले नारायण गोपाल र अरुणा लामा कालीन निती युगको संगीत फाँटलाई नेतृत्व दिएका थिए । तिर्नै मुधन्य संगीतज्ञ तर आजकाल अलिकती बेथीती र बिसंगतीको भुमरीमा परीरहेका छन । अल्छी र निकम्मा भैसकेछु छ बर्ष भयो एलबम निकाल्न सकिरहेको छैन तिन घण्टा लामो हार्मोनियमसंगको साथबिचै उनि बोलीरहेका थिए उमेर बडदै जाँदा म ढिलो हुँदै गएको छु । स्टेज बिर्सने रेकडीग बिर्सने माइक पनि बिर्सने आफै सुन्यो गरीरहेको छु।
प्युदै निपउने मान्छे पिए अलिकती उनकै बचन राख्न पिएँ अलिकति मायाको खडेरीमा चिरा परेको छाती फुर्सद मिलेको बेला सिँए अलिकति ।
रेडीयो सगरमथाले आयोजना गरेको अनौपचारीक र आत्मीए भेला लाई सके काठमाडौँमा धेरै पछि त्यसरी उनले भाबुक बनाएका थिए । बिचबिच मा गम्भीरताको बातावरणलाई मुढ फेरीदिन हसाँउन खोज्थे र भन्थे गाँउदै नगाँउने मान्छे गाँए अलिकति ।। हार्मोनियम सितार गितार तबला र उहि नेपाली घिन्तागे मादलका साथ कहिले गम्भीर त कहिले रसिला भइरहेका अम्बरले जिन्दगीमा ब्यहोरेका घामछायाँहरु पनि बाँडचुँढ गरे । म राजनीतीमा आर्कषीत भइन शायद सुख पाउन राजनीती गर्नु पर्नेृ रहेछ उनि एउटा सच्चा संगीतकारको जिन्दगी उकाली ओराली हरु बिसाइरहेका थिए ।म लागेँ लागेँ मेरा तिनै भाई छोराहरु पनि यसमै लागीरहेका छन र अब डर लागीरहेको छ कतै नातीहरु पनि संगीतमै लाग्ने हुन की ?
यती रोएँ जिन्दगीमा की फेरी रोयर के भो ।
कलाका अरु रुपजस्तै संगीत आबेगबाट उत्पष्न्न हुन्छ । तर गए ती दिनहरु अम्बरका अघील्तीर अहिले एफएम स्टार टेलीभीजन हतार का गीत र रुपलाई ध्यान दिने संगीतको संरचना को प्रभाब फैलीरहेको छ । ओहो अहिले त चाउचाउको पनि संगीत चियाको पनि संगीत मान्छेहरुकुरा गरेको सुन्छु जिंगल्सको साँगीतीक नोटसका उनले भने बिथोवन अहिले भएको भए या कुनै दिन यस्तो पप संगीत बन्छ भनेर उनले सुनेको भए उनि मुर्छा पर्थे होलान । उनि संगीतको सुवासमा बन्छ भनेर उनले सुनेको भए उनि मुर्छा पर्थे होलान । उनि संगीतको सुवासमा आइरहेको ह्रास र मानीसको जिवनमा आइरहेको अधैर्य र असंबेदनशिलतामाथी बराबर ताकीरहेका थिए ।
कमलो मुटुभन्दा ढुंगाको मुटु जाती एकदिन त प्रहार हुन्छ ढाल हुनुपर्छ छाती कमलो पाउ जसको त्यसैमा काँढा पस्छ कथा यो नयाँ होइना मान्छेले मान्छे डस्छ ।
उनि गितमा पग्लीरहेका थिए आफनो भोगाइको तिक्तता पोखीरहेका थिए । तै पनि भनिरहेका थिए मैले हिम्मत हारेको छैन बिसंगतीप्मा म डुबेको छैन । कलाकारको आफनै जिन्दगी हुन्छ उसको भौतिक जिन्दगी प्यारालाइसीस भएको हुन्छ । सायद अम्बर भित्रको अर्को अम्बरलाई राम्ररी नियालेर सुन्न पाएका भुपी शेरचनले त्यही भएर धेरै बर्षअघि लेखेका थिए अम्बर मान्छे सायद मान्छे होइन उ मित्र हो र जसका लागी मित्र होइन उउसका लागी कलाकार हो र जसका लागी कलाकार होइन उसका लागी गायक हो र जसका लागी उ गायक होइन उसका लागी उ जन्मेको पनि छैन ।
०५९ सालमा प्रकाशीत शान्ति संगीत सन्ध्या बाट साभार नारायण वाग्लेको प्रस्तुती