"पार्टटाइम देशभक्त"
नरेश गिरी
दिन भरिको थकान पछी,
एउटा मान्छे पस्छ ,
हरियो पर्दा खोलेर।
दिदी एक गिलास भन्दै,
थचक्क बस्छ,
अभिबादन टर्क्याछ वरीपरी ।
गिलास आइपुग्छ ,
अनि घाँटी ठाडो पार्छ ,
एक स्वासमै स्वाँट्ट ।
घाँटी तल भएसी ,
नयन या उ आँशु झार्छ,
जन्मीन्छ देशभक्त पार्टटाइम ।
वरी परी देश सुनिन्छ,
राष्ट्रियताको कुरा चल्छ,
अनि सिमा अतिक्रमणका नी ।
सबका कान ठाडा,
आँशु खस्न नयन जल्छ,
कालापानी,सुस्था घन्किन्छ ।
बचाउनु पर्छ ,
यहा लिपुलेक पनि घन्किन्छ,
लिपुलेक चाही काँ पर्छ ?
सब मौन,
हात टाउँको सम्म तन्किन्छ,
क्रमश: फेरी उही प्रश्न ।।