विचित्र विश्व

जहाँ एक रातका लागि श्रीमती साटीन्छ

जहाँ एक रातका लागि श्रीमती साटीन्छ
एजेन्सी संसारमा अनौठा अनौठा चलनहरु छन् । अझ आधुनिक भनिएको समाजमा त्यस्ता चलनहरु बढी नै हुन्छन् र जुन पत्याउन पनि गाहो लाग्ने खालका हुन्छन् । महिलाहरु जीउँदै सति जानुपर्ने घटना नेपालमा कुनै समय थियो । आजपनि महिलाहरुको राजनैतिक हैसियत केही बनेको देखिएतापनि सामाजिक हैसियत माथि छैन । wife-exchange- आफूलाई सम्पन्न आधुनिक मूलुक भन्न रुचाउने छिमेकी मूलुक भारतको राजधानी दिल्लीमा हुने एउटा अनौठो, रोचक तर हिंसात्मक चलन हो यो । आर्थिक हिसाबले उच्च र सम्भ्रान्त वर्गमा यो परम्परा कायम छ । उक्त परम्परालाई उनीहरु ‘र्फाम हाउस’ भन्छन् । उनीहरुबीच अत्यन्तै लोक प्रिय संस्कृति हो ‘र्फाम हाउस’ । र्फाम हाउस संस्कृतिमा सहर नजिकै खुल्ला स्थानमा ठूला–ठूला प्लटहरु किन्छन् । सुन्दर बगैंचा बनाउँछन् र बीचमा एउटा सुन्दर र सुविधासम्पन्न घर बनाउछन् । अनि ती सम्भ्रान्तवर्गका मानिसहरु बिदा मनाउन, विवाह, जन्मदिन, ‘एनिभर्सरी’ ‘गेट टुगेदर’ जस्ता अवसरहरुमा विशेष भोजभतेर तथा नाचगानका कार्यक्रमहरु आयोजना गर्न त्यहाँ जान्छन् । त्यही कार्यक्रमको विशेष आर्कषण होे श्रीमती साट्ने चलन । यसमा विशेष नियम हुन्छ । त्यस्तो पार्टीमा जाँदा श्रीमान श्रीमतीसगैं जानुपर्छ । साथै कार आफैले हाँक्नुपर्छ । चालक लान पाईदैन । खानपान, नाचगानपछि मध्यरातमा सुरु हुन्छ कार्यक्रमको प्रमुख आर्कषण । कार्यक्रम स्थलमा एउटा टोकरी ल्याएर टेबलमाथि राखिन्छ । सबै पुरुषहरुले आ–आफ्नो कारको चाबी टोकरीमा एकै ठाउँमा राख्छन् । चाबी चिनिने गरि कुनै ‘कि रिङ’ राख्न पाईदैन । उक्त चाबीलाई टोकरीमा राखी ढक्कन लगाएर हल्लाइन्छ । अनि बत्ती निभाएर ताली बजाइन्छ । त्यसपछि श्रीमतीहरुलाई टोकरीबाट एक एक वटा चाबी लिन लगाइन्छ । टोकरी खालि भएपछि बत्ती बालिन्छ । अब आउँछ उनीहरुको बहुप्रतीक्षित समय । कसको कारको चाबी कसकी श्रीमतीको हातमा रु बाँकी रात जुन पुरुषको चाबी आफ्नो हातमा छ उसैसँग रात बिताउँछन् र हरेक क्रियाकलापमा साथ दिन्छन् ।बेलाबेलामा यस्ता कार्यक्रममा असहमत महिलाहरु प्रहरी कार्यालय पुग्छन् । तर धनाढ्य र ठूलाबडाका कारण यस्ता कुकृत्यहरु ढाकछोप गरिन्छ ।

विशेष