फेसबुकमा बच्चाको तस्वीर हाले जेल हुन सक्ने
असार - ४ । तस्वीर पोष्ट गर्ने बानी भएकाहरूले यसलाई हटाउने तथा व्यवस्थापन गर्नेतिर ध्यान दिन जरुरी छ । बाल बच्चाको अनुमतिविना सामाजिक सञ्जालमा तिनको तस्वीर पोष्ट गरेमा अभिभावकलाई जेल सजायसमेत हुन सक्छ । निकट भविष्यमा आफ्ना बच्चाको तस्वीर फेसबुकमा हाल्न अभिभावकले अनिवार्य रूपमा तिनको अनुमति लिनुपर्ने सम्भावना प्रबल हुँदै गएको छ । किनभने, निकट भविष्यमै यससम्बन्धी कडा नियम कानून बन्ने सम्भावना देखिएको छ ।
वास्तवमा यो नियम फ्रान्समा गोपनीयताअन्तर्गत लागू हुने सम्भावना छ । यो नियम लागू भएमा अभिभावकले बच्चाहरूको इच्छाविपरीत तिनको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेमा तिनले उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर गर्न सक्नेछन् । अहिलेसम्म यो नियम लागू भने गरिएको छैन । तर, नियम लागू भएमा कसैले यसको उल्लङ्घन गरे तिनलाई ३५ हजार अमेरिकी डलर सम्मको जरीवाना हुन सक्ने बताइएको छ । एजेन्सी
Facebook