भिखारी र भिखारीहरु
कथा
[caption id="attachment_8180" align="aligncenter" width="669"] सुरेन्द्र सुमन[/caption]
सबैले उसलाई माग्ने भन्छन्, भिखारी भन्छन् । बच्चा काखमा च्यापेर बजारका प्रत्येक गल्ली र चोकहरुमा ऊ डुलिरहेकी हुन्छे, डुल्दै गर्दा पाँच, दश रुपैया आफ्नो गुजाराको निम्ति मागिरहेकी हुन्छे । यो उसको दिनचर्या हो । बजारका प्रत्येकमान्छेहरु उसका सँग परिचितछन्, त्यसैले त ऊ नजिक जाँदातर्केर भाग्ने गर्छन् । या फेरी ऊ नजिकहुदा हप्काएर धपाउने गर्छन् । उसको बोल्ने ठेगानहुदैन । उसलाई पैसा माग्नकुनै समय चाहिन्न । जो कोहीजतिबेलाजहाँनिर भेटिन्छ, त्यहीनिर पैसा माग्ने उसको आदत नै बसिसकेको छ ।
तर यसको मतलब ऊ पागलभने होईन । उसको दिमागठिक छ नत्र सबैले यो त पागलहो भनेर पागलखाना पठाउन लाग्दा किन डाक्टरले मानसिक रुपमा स्वस्थ्य छ भनेर फर्काउथे त उसलाई ? ऊ बाध्य छे, पैसा माग्न । ऊबाध्य छे भिखारीको संज्ञापाउन । यो समाज स्वार्थी छ, छली छ, ठगी छ ।
विशिष्टताको नाममा खोक्रो आडम्बरको खोल ओढेर बाँचेको छ मान्छे । यहीमान्छेले बसाएको समाजले उसलाई घरी घरी, थरी थरी चोट दिएको छ । उसले मेहनतगर्न नजानेकीहोईन । न त उसलाई मेहनतको पाखुरा बजार्न लाज नै लाग्छ । त्यसैले ऊ अल्छीहुदै होईन । आफुले जानेको काम, सकेको कामगरिदिदा समाजले उसलाई शोषणगर्छ । उसको श्रमको कदर हुदैन । उसलाई ठगिन्छ । उसलाई प्रत्येक पल आहत बनाउनमा समाज उद्धत छ ।
होटेलको सारा भाँडामाँझि दिएबापत उसले केबल कहिले एउटा जेरी त कहिले एउटा समोसा बाहेक केही पाउँदिन वा त्यो बाहेक बढिदिईन्न । कसैको घरमा पोत्ने माटो घण्टौ हिडेर ल्याईदियो, ज्यालाबापत के पाउछे र ?त्यहीजाबो एक मुठी कनिका वा एक कचौरा बासीभात? त्यसैले त ऊ परिश्रमका पसिना अब नचुहाउने भनेर बर्बराउदै मागेर हिड्छे । ऊ भन्छे परिश्रमले कमाएको त्यो जाबो फलभन्दा त कोही दयालु मान्छे पर्यो भने एक्लैले एक छाकखानापुग्ने पैसा हातपारिदिन्छ । उमेरका हिसाबले उसको आधा बैंश गुज्रिसकेको सहजै अनुमान लगाउन सकिन्छ । यहाँ सम्मआई पुग्दाउसले आफ्नो जिन्दगीको लामै कथाबोकेकी छे । त्यही कथाभित्र उसका धेरै ब्यथाहरु भिन्नभिन्नकालखण्डमाअल्झेकाछन् । थुप्रै ईतिहासहरु खण्डित भएकाछन् । उसले थोरै भागहरु हाँसेकी छे । धेरै पाईलाहरु रोएर खियाएकी छे । यो मेरो अनुमानहो । ऊ प्रतिको मेरो विश्लेषणहो । हुनसक्छ, उसको जिन्दगीको शुरुवातका अध्याय आममान्छेको भन्दापनि सुखद थिए, सुखी थिए । तर म वर्तमानमा छु ।ऊ वर्तमानकी साँछीबनेर मेरो सामु उभिएकी छे, पाँच या बीस रुपैयाको रातो नोट माग्दै । तर ऊ साँछी हुनुको कुनै तुक छैन नत म विश्लेषक हुनुको अर्थ छ किनकी ऊ आफै सँग यो जिन्दगीका थुपै्र मुद्दाभएपनि के गर्नु पर्छ थाहा छैन न म नै उसको लागि केहीगरिदिन सक्छु, अनि मैले विश्लेषण गर्नुको औचित्य के ? म आफैमाअन्यौल छु । यद्यपी, यही वर्तमानको भोगाई, देखाई र अनुभव बाट उसको समग्र मुल्याकंन गर्ने प्रयत्नगर्दैछु । सही नहुनपनि सक्छ तर गलतपनि हुनेछैन, मेरो यो विश्वास हो ।च्यातिएको मैलो तन्नाले झण्डै डेढ वर्षको छोरालाई बोकिरहेकी छे । छोरा रोईरहेछ । छोराको रुवाईको गतिबढ्दै छ । पटकपटकहो..... हा.... हो........ हा....... भन्दै ढाडहल्लाईरहेछ । बच्चाको रुवाई शान्तपार्ने उसको मनसाय हुनसक्छ । छोराको चिच्याहट विचविचमा भाच्चिन्छ ।छोराको अनुहार मैलो छ । हेर्दा लाग्छ धेरै समय देखि उसको अनुहारमापानीपारिएको छैन । सिंगानले चिउडो सम्मलतपतिएको छ । उसलाई के मतलब छोराको सिंगान सँग । आफैलाई पेट भरी खानापाए त कतिहुन्थ्यो ?अझछोरालाई चारो दिनपाईयो भने उसलाई पेट भरी खाएजस्तो हुन्थ्यो ?कसलाई के थाहा?कहिले काँही त उसले पानीले समेत पेट भरेकीहोला । गल्लीको अगाडीअगाडी एक जनाभलादमी लाग्ने ब्यक्तिहतार हतार हिड्दै थियो ।उसले त्यहीमान्छेलाई पछ्याउन दौड्दै थिई । ए, भाई पख्नुहोस त, ऊ कराउदै थिई ‘पाँच रुपैयाँदिनुहोस् न’ । अगाडी हतारिएको ब्यक्तिले झनै हिडाईको वेग बढायो । एकै छिनमाओझेल पर्यो । ऊ एक्लै भन्दै थिई, अस्तिदिउँलाभन्ने आजभागेर जाने ?नदिनेले किन दिउलाभन्नु त ?’ भागेर जाने सितउसलाई रिस उठेको थिएन । शायदत्यो मान्छेको प्रबृत्तिप्रति रिस उठेको थियो । उसको ढाँट्ने र छल्ने बानीप्रति ऊ असुन्तुष्टि जनाईरहेकी थिई । केही बेर नजिकैको चौतारोमा बसिरही । चौतारोको बाटो भएर जानेहरुको अनुहारमा हेर्दै आफ्नो छोरालाई त्यहीचौतारोको भुईमा सुताई अनित्यहीन च्यातिएको तन्नाले खुट्टा देखि सिरानी सम्मछोपिदिई । मान्छेहरु चौतारो नजिकपुग्ने वित्तिकै उसले पैसा माग्न सक्ने डर देखि त्रसितहुदै सचेत भएर भागेका देखिन्छन् । दिनढल्दै गैरहेको छ । आजउसले एक रुपैया पनिबटुल्न सकेकी छैन । तर उसको अनुहारमा केहीदुःखेसोको भाव देखिन्न । भाग्यले दिएछभने चालीस,पचास नत्र त सुख्खै हुनसक्छ यो उसको दैनिकीहो । त्यसैले पनिउसलाई कुनै पश्चाताप छैन । कुनै पछुतो छैन । न त कुनै दिनउँसगचालीस, पचास हातमा परेका बेलाखुसीले अनुहार खुम्चिन्छ । पुस माघको समय, दिनछिटै वित्छक्यार तर उसलाई लाग्दो हो यिनै छोटादिनपनि संसारकै पट्यार लाग्दालामादिन । दिन भरी मागेर हिड्यो, रातभरी कहिले सडक पेटीमा, कहिले चौतारो र पाटीमाउसका रातवित्छन् । कठ्याग्रिदो जाडोमा, ठाउँ ठाउँबाट च्यातिएकाचोली र धोतीले के जाडो छलियोस् । तर उसलाई जाडोको भन्दाछोराको पिरले सताउछ । नारी भएकोमा उसको मातृत्वले सताउछ । आमा भएकोमा छोराको मायाले दुखाउछ । कसैले दया गरी दिएको हुनसक्छ लगौटी, छोराको छातिढाक्ने सम्मभएको छ । तर त्यतिजाबो कपडाले के जाडो छल्थ्यो ।बच्चालाई काखमा गुटुमुटु पारी च्यातिएको तन्दाले छोप्छे र आफु पनि छोपिने प्रयास गर्छे । त्यहि चौतारोमा उसले त्यो बच्चा जन्माएकि थिई । विनाबाबुको छोरा जन्माएकिथिई । यतिमात्रहोईन यो बाहेक उसले धेरै बच्चाजन्माई सकेकीथिई विनाबाबुकै । तर तिनीहरु सबै मरिसकें । कोहीचिसोले, कोहीगर्मीले, कोहीभोकले मरे, कोही रोगले । ति सन्तानहरु गुमाउनुमा उसलाई कुनै दुःख छैन । कुनै पश्चाताप छैन । आफै त माग्ने जिन्दगी विताईरहेकी छे ऊ । उसैसँग यौनको भिखमाग्ने, भिखनदिए, खोसेरै लिनखोज्ने ति समाजकापापी र दुष्ट पुरुषहरुले उसको पटकपटक यौवनलुटें । ऊलुटिदै गर्दा सोची म र यिनमा के फरक छ । कमसेकम म त जबर्जस्ती माग्दिन तर यी समाजकाभद्र भलादमी भनाउदाहरु ?जबर्जस्ती मेरो शरिर लुटिरहेकाछन् । के उनीहरु मभन्दाबढिभिखारी होईनन् ? के यिनीहरु माग्ने होईनन् ?शायदउसले चित्तबुझाई किआफ्नो हालत देखि । या त उसलाई तिभिखारीहरु प्रतिदयापो लाग्यो कि? समाजका प्रतिष्ठितहुँभनेर दम्भगर्नेहरु सँग खोक्रो आडम्बर मात्रभएको उसले बुझे पछिटिठपो लाग्यो कि ? जाडो बढिरहेको छ । रातछिप्पिरहेको छ । उसको काखमाछोरा ठुलो स्वरमा रोईरहेको छ । मातृत्वको विशेषता ऊ दर्शाईरहेकी छे । तर बच्चाले दुधचुस्न सकिरहेको छैन । बच्चाको शरिरकाप्रत्येकअंगहरु चिसिदै छन् । उसले एक पल्टहातले शिर देखि पैतला सम्म सुमसुम्याई । उसले बुझीं, छोरा अब धेरै समय उसको काखमा रुन पाउने छैन । किनकी यसरी नै यही चौतारोमाउसको काखबाट धेरै सन्तानहरुले आफ्नो रुवाईलाई समाप्त पारेकाछन् । शुरु शुरुमा त उसलाई पनि भक्कानिएर रुन मन लाग्थ्यो । छोडेर जाने सन्तान सँगै आफ्नो ढुकढुकीपनि समाप्त पारिदिउँजस्तो लाग्थ्यो तर समय सँगै ऊ कठोर बन्दै गई । समाज सँग कट्टर बन्दै गई । अहिले ऊ सँगको सन्तान निर्जिब भैरहेको छ । उसको निर्जिवता सँग दुखेसो छैन किनकी यो भन्दा धेरै समय अघि नै उसको जीवननिर्जिब भैसकेको थियो । तर उसलाई त्यहीनिर्जिवताले पनि डराईरहेछ । भोली देखि उसलाई फेरी तिभिखारीको डर बढ्दै जानेछ । जसले उसलाई बारम्बार अनि पटक पटक निर्जिब बनाउने छन् ।