होसियार ! झुट बोल्ने कष्ट नगर्नुहोला ।
जुनसुकै खालको सम्बन्धमा पनि त्यसमा विश्वास, प्रेम तथा एक अर्कोप्रति इज्जतको अभाव छैन भने त्यस्तो सम्बन्ध हुनुमा कुनै अर्थ रहँदैन ।
सम्बन्धमा इमान्दारीता एवं विश्वास हुनु आवश्यक मानिन्छ । जबसम्म सम्बन्धमा इमान्दारीता एवं विश्वास हुन्छ तबसम्म त्यति बेलासम्म कुनै आँधीबेहेरीले हल्लाउन सक्दैन जव सम्बन्धमा झुटको प्रवेश हुन्छ त्यसले सम्बन्ध टुटाउन क्षणभर पनि लाग्दैन ।
मानिसहरुले सँधै साधुजस्तै सत्य बोल्न सायद नसक्लान् । तर पनि कतिपय कुरा नलुकाउनु नै बेस मानिन्छ । मानिसहरुले दाम्पत्यजीवनमा बोल्ने मुख्य ५ झुट यसप्रकार छन् जसले सम्बन्धलाई टुटाइदिन सक्दछन् :
►तपाइँलाई यो लाग्दछ की ऊ केवल तपाइँको मात्रै हो ? ऊ केवल तपाइँकै बारेमा मात्र सोँच्दछ ? उसले तपाइँलाई धोका दिइरहेको हुनसक्छ । उसको जीवनमा तपाइँ बाहेक अरु पनि हुनसक्छ र त्यो कुरा उसले लुकाइरहेको हुनसक्छ । आफ्नो विवाह भैसकेको वा अफेयरमा रहेको कुरा लुकाउनु यस्तो झुट हो, जुन धेरैले बोल्दछन् । त्यसकारण सम्बन्धको सुरुवात गर्नुअघि यस विषयमा विश्वस्त भएर मात्र अघि बढ्नु राम्रोे हुन्छ ।
►मानिसहरु आफ्नो आर्थिक अवस्थाको विषयमा पनि झुटो बोल्दछन् । सामुन्नेको मानिसलाई प्रभावित पार्नका लािग झुटो रवाफ देखाउने बानी धेरैको हुन्छ । प्रेम वा दाम्पत्य सम्बन्धमा समेत आर्थिक अवस्थाको विषयमा झुटो बोल्ने धृष्टता गर्नु निकै प्रत्युत्पादक हुने निश्चित हुन्छ । त्यसैले कसैसँग सम्बन्धको सुरुवात गर्नुअघि उसले देखाउने आर्थिक हैसियतको रवाफका विषयमा राम्रोसँग जाँच्नु आवश्यक हुन्छ ।
►मानिसहरु परिवारसँग सम्बन्धित विषयमा पनि झुटो बोल्दछन् । आफ्नो परिवारका मानिसहरुको व्यवहार तथा उनीहरुका अन्य विषयमा पनि सही कुरा बोल्दैनन् ।
►मानिसहरुले दोहोरो भुमिकामा सम्बन्धलाई अघि बढाउँछन् । उनीहरुको वास्तविकता एउटा हुन्छ तर अर्कै रुपमा प्रस्तुत भएका हुन्छन् । तर यस्तो झुट लामो समयसम्म टिक्न सक्दैन र कुनै दिन वास्तविकता बाहिर आएरै छाड्छ ।
►मानिसहरु आफ्नो रोगको विषयलाई पनि लुकाउँछन् । आफूमा रोग भएपनि स्वस्थ रहेको झुट बोल्दछन् र सोही अनुरुपको व्यवहार गर्दछन् । तर यसरी बिमारीपन लुकाउनुले सम्बन्धमा दरार त ल्याउँछ नै जीवनलाई नै बर्बाद गरिदिन सक्छ ।
Jhut