
तोरी लाउरे को उपाधी, समाजले दियो
तल्लो अनि माथ्लो जात, समाजले दियो
जात भातमा काटा-काट, हुन्छ यहां
सहनेलाई दिउसै रात, समाजले दियो
जो पीडित छ अझपनि, छाक टार्न
शोषण उहीँ माथी, समाजले दियो
देउताको पुजा मात्र, दास बन्नु हो
ढुङ्गाको मुर्तिमा पाती, समाजले दियो ।
“बज्र सिं लामा“ सिन्धुली
Bajra singh Lama
Gajal