अभिलेख

आदित्यलाई बोक्ने यि पो रहेछन् !

आदित्यलाई बोक्ने यि पो रहेछन् !

प्रधानमन्त्री केपी ओलीले जाँदाजाँदै गुगल ब्वाइ भनेर चिनिने आदित्य दाहाललाई १ करोड दिने निर्णय गरेपछि सो बारेमा टिकाटिप्पणी कडारुपमा भइरहेको छ ।

आदित्य प्रतिष्ठानका लागि १ करोड सहयोग गर्ने निर्णयपछि चौतर्फी आलोचनामा परेका प्रधानमन्त्री ओलीले सबै दलको प्रस्तावमा सहयोग गरेको प्रष्टिकरण दिएका छन् । सुशील कोइराला नेतृत्वको सरकारले आदित्यको उपचारका लागि अमेरिकासमेत पठाएको र उपचार निशुल्करुपमा भएपछि आदित्यको परिवारले रकम फिर्ता गरेको ओलीको भनाइ छ । इमान्दारिताको समेत कदर गर्ने गरी आफुले आदित्यको नाममा बनेको प्रष्ठिानलाई सहयोग गरेको ओलीको भनाइ छ । नेपाल टेलिभिजनमा दिइएको अन्तरवार्तामा ओलीले सरकारले गरेको निर्णय सही भएको जिकिर गरेका छन् ।

आदित्यलाई बोक्ने को को ? प्रधानमन्त्री निवास बालुवाटारमा खिचिएको भनिएको एक तस्विर सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदित्यलाई बोकेका छन् । छेऊमा प्रधानमन्त्री ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ मुस्कुराइरहेका देखिन्छन् ।

श्रेष्ठले आदित्यलाई बोकेको तस्बिरपनि सामाजिक सञ्जालमा पोष्ट भएका छन् । यसअघि आदित्यले भावि प्रधानमन्त्री ओली भनेर लेखेको कुरा चर्चित भएको थियो । त्यसको केही समयपछि ओली प्रधानमन्त्रीपनि भएका थिए । ओलीले आफ्ना लागि भविश्यवाणी गरेका आदित्यलाई गुन तिरेको भनि टिप्पणी हुने गरेको छ । देउवाले आदित्यलाई बोकेको फोटोमा ओली छेउमा देखिन्छन  ।

सेतो भेस्ट लगाएको ओलीको पहिरनले उनको तस्बिरले बालुवाटारमा लिएको देखाउछ । प्रधानमन्त्री ओलीले आदित्यलाई बोकेको नौलो भएन । किनकी उनी आदित्यप्रति मनकारी दरिइसकेका छन् । ओलीले आदित्यलाई बोकेको हेर्दा ओलीलाई केटाकेटी खेलाउन मज्जैले आउंदोरहेछ भन्ने देखिन्छ । उनी निसन्तान भएपनि बालबालिकालाई भुल्याउन उनी खप्पिस रहेको उनी निकटकाहरु बताउंछन् । प्रधानमन्त्री ओली बालमैत्री रहेको बताइन्छ ।  

adityalai bokne google boylai bokne

विशेष