राजनीति

बालुवाटारमा तीन दलका शीर्ष नेता बीच बैठक सुरु

बालुवाटारमा तीन दलका शीर्ष नेता बीच बैठक सुरु

 

साउन - ३ । सत्ता समीकरणको विषयलाई लिएर पछिल्लो समय आपसी तिक्तता बढेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दुई दलका शीर्ष नेतालाई छलफलका लागि बाेलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बाेलाएका हुन्। साँझ ५ बजेबाट सुरु भएकाे बैठकमा मुलुकमा सिर्जित समसामयिक राजनीतिक विषयमा कुराकानी हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । गठबन्धनका प्रमुख साझेदार माओवादी केन्द्रले गत असार २८ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई औपचारिक रुपमा समर्थन गर्ने निर्णय गरेपछि दुवै दलले वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन । उक्त विषयलाई लिएर दुवै पक्षले संवैधानिक जटिलताका विषयमा कानुनविद्हरुसँग आ–आफ्नै ढङ्गबाट परामर्श गरिरहेका छन् । रासस

Baluwatar KP Sharma Oli

विशेष