राजनीति

केपी ओलीले सिंहदरबार छोड्न लाग्दा माधव नेपालको यस्तो पीर 

केपी ओलीले सिंहदरबार छोड्न लाग्दा माधव नेपालको यस्तो पीर 
madhav-kumar-nepal.-harekpalpgसाउन – काठमाडौं, ४ । ‘नेकपा एमालेको एउटा पक्ष सरकारमा छ ।’ २ महिनाअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गरे, ‘हामीलाई राज्य संचालनका मामिलामा चाउरी पार्न खोजिएको छ । अवसर जति एक पक्षले भोग गरेको छ । विदेश भ्रमणदेखि राजदूत नियुक्तिसम्म एकलौटी गरिएको छ ।’ थप अगाडि बढ्दै वरिष्ठ नेता नेपालले ओलीमाथि अरुका श्रीमती ताक्नेदेखि भ्रष्टसम्मलाई संरक्षण गरेको आरोप लगाए । प्रधानमन्त्री भएपछि ओली काठमाडौंमै व्यस्त रहे । निश्चित व्यक्ति र समूहभन्दा बाहिरकाको पहुँच ओलीसँग हुन सकेन । ओली पक्षले नेपाल पक्षका केहीलाई छानिछानि बिदेश पठाउने र आफ्नो पक्षमा पार्ने रणनीति लियो । सकभर मनाउने नत्र गलाउने र आफ्नो पक्षलाई कमजोर पार्ने ओली रणनीति रहेको महशुश गरेपछि माधब नेपाल सार्वजनिकरुपमै जङ्गिए, ‘अवसरवाद हावी गराउन खोज्ने प्रवृत्ति सहिन्न । कंस देखि इदि अमिनसम्मको अवसान भएको ओलीले बुझनुपर्छ ।’ उनको अभिव्यक्ति सुन्दा लाग्थ्योः उनी ओलीको बर्हिगमन चाहिरहेकाछन् । नेपाल निकट एक नेताका अनुसार ओलीले सरकार छाड्दा माधब नेपाललाई अर्कै पीर छ । गुटले पार्टी र सरकार चलाएको सन्देश देशव्यापी बनाउने र आफ्नो सांगठनिक पकड व्यापक बनाउने उनको अभियान पूरा भइसकेको छैन । प्रधानमन्त्री ओली सिंहदरबारमा व्यस्त भइरहदा नेपाल जिल्ला दौडमा व्यस्त रहेका थिए । ओली राष्ट्रिय राजनीतिमा केन्द्र बन्दैगर्दा पार्टी संगठनमा उनी पक्षको उपस्थिति कमजोर बन्दै गएको थियो । विद्यार्थी संगठनको निर्वाचनबाहेकका अन्य निर्वाचनमा माधव नेपाल पक्षले एकपछि अर्को जित हाशिल गरेको थियो । नेपाल पक्षका नेताका अनुसार सिंहदरबारबाट बाहिरिएपछि ओली संगठनमा बढी व्यस्त रहने र आफ्नो अभियानमा धक्का लाग्ने चिन्ता माधब नेपालमा देखिन्छ । माधव नेपाल दशौं महाधिवेशनमा अध्यक्षको प्रत्याशी बन्ने निश्चितप्राय छ । नवौ महाधिवेशनमा झिनो मतले पराजित भएका नेपाल एमालेमा सबैभन्दा बढी सक्रिय नेतामा पर्दछन् । कार्यकर्ताको सहज पहुँचमा रहने समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने छबी बनाएका नेपाल एकै दिनमा दुईचार जिल्ला घुम्न सक्छन् । यो बीचमा उनी घुमघाममै व्यस्त रहे । दाउ अर्कै थियो, भइदियो बेग्लै बजेटअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको थियो । ओली सरकारको थमौतीका लागि माधव नेपाल सक्रिय भए । उनले एमाले र माओवादीले आलोपालो सरकार चलाउने सहमति गराउन भुमिका निर्वाह गरे । पार्टी सचिव योगेश भट्टराईका अनुसार त्यसपछिका दिनमा ओलीले गुन देख्ने विश्वास नेपालाई थियो । तर, ओलीले खोजिपुछनी केही गरेनन् । पछिल्लो समय माओवादीले समर्थन फिर्ता लिंदा बरिष्ठ नेता नेपाल निष्क्रियजस्तै रहे । बरु ओलीलाई आरोप लगाए, ‘अध्यक्षका जिद्धीका कारण दुरदिन आयो ।’ बजेटपछि माओवादीको नेतृत्वमा एमालेसहितको सरकार बन्ने सहमति भएको थियो । माओवादीले स्थानीय निकायको निर्वाचन गरेपछि प्रदेश र संघीय निर्वाचन एमालेको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । प्रचण्डपछि माधब नेपाल आफैं प्रधानमन्त्री बन्ने दाउमा थिए । आफु काँग्रेस, मधेशवादी र माओवादी सबैका लागि स्विकार्य हुने उनको विश्वास थियो । त्यसमाथि ओलीले एकपटक पार्टी अध्यक्ष र एक पटक प्रधानमन्त्री हुने तथा दोहोराएर कुनै पदमा नबस्ने सार्वजनिक घोषणा गरिसकेका थिए । कुटील खेलाडी नेपाल दोहोरो दाउ हान्ने पक्षमा थिए । पार्टी सचिव भट्टराई भन्छन्, ‘तीनवटै चुनावमा माओवादी र एमालेका बीचमा सहकार्य गर्ने तथा अर्को दश बर्षमा पार्टी एकता गर्ने सोच थियो । प्रचण्डजी हिड्नुभयो, अध्यक्षले रोक्न सक्नुभएन ।’

madhab kumar nepal

विशेष